युरो कपका लागि इंग्ल्यान्डको टिम घोषणा

0
0

काठमाडौं । युरो २०२० का लागि इंग्ल्यान्डले २६ सदस्यीय अन्तिम टिम घोषणा गरेको छ। इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मंगलबार २६ सदस्यीय टिम घोषणा गरेका हुन्।

गत साता साउथगेटले ३३ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए।

युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि साउथगेटले २६ सदस्यीय अन्तिम टिम घोषणा गरेका हुन्।

प्रारम्भिक टिममा परेका आरोन रामस्डेल, बेन गडफ्रे, बेन ह्वाइट, जेम्स वार्ड प्रोइस, जिसे लिङ्गार्ड, ओली वाट्किन्स र घाइते भएका मासन ग्रिनउड अन्तिम टिममा परेनन्।

च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सी तथा युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियलबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो। च्याम्पियन्स लिग चेल्सीले जितेको थियो। युनाइटेड भने युरोपा लिग जित्न असफल भएको थियो।

आगामी जुलाई ११ देखि हुने युरो २०२० मा इंग्ल्यान्ड समूह ‘डी’ मा छ। यो समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन्।

इंग्लिस टिम 
गोलकिपर :  डिन हेन्डर्सन, साम जोनस्टोन, जोर्डन पिकफोर्ड
डिफेन्डर :  जोन स्टोन्स, लुक शा, ह्यारी माग्युर, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, केल वाकर, ट्योरोन मिङ्ग्स, रेस जेम्स, कोनर कोएडी, बेन चिलवेल, केइरन ट्रिपियर
मिडफिल्डर :  मासन माउन्ट, डेक्लान राइस, जोर्डन हेन्डर्सन, जुडे बेलिङघम, फिल फोडेन, ज्याक ग्रिलिस, केल्भिन फिलिप्स, बुकायो साका
फरवार्ड : ह्यारी केन, मार्कस रास्फोड, रहिम स्टर्लिङ, डोमिनिक कल्भर्ट लेविन, जाडोन सान्चो