कोरोनाको १४ लाख डोज खोप डेनमार्कले नेपाललाई दिने

0
0

भक्तपुर । डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ ।
डेनमार्कले एस्ट्राजेनिकाको खोप १४ लाख दिने जानकारी पत्रमार्फत स्वास्थ्य सेवा विभागलाई जानकारी दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले बताउनुभयो ।
उहाँले खोप ल्याउन सहजीकरण गरिदिन विभागका महानिर्देशकले युनिसेफलाई पत्राचार समेत गरिसकेको जानकारी दिनुभयो ।
डेनमार्कले दिने खोप कोभ्याक्स अन्तर्गतको भने नभएको उहाँले जानकारी दिनुभयो ।