आफै कामचलाउ प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न पाइने कि नपाइने

0
0

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिट निवेदनउपर आज सर्वोच्च अदालतमा पेशी
काठमाडौं । संसदबाट विश्वासको मत लिन नसकेका प्रधानमन्त्री कपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्नुभयो ।
आफै स्वतः कामचलाउ हुनुभएका केपी शर्मा ओलीले शुक्रवार गर्नुभएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिट निवेदनउपर आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएका ती रिट क्रमशः २ देखि ५ नम्बरमा रहेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय,शीतल निवासलाई समेत विपक्षी बनाइएको छ ।
अधिवक्ताहरु दिनेश त्रिपाठी, राजकुमार सुवाल,शालिकराम सापकोटा,सीतादेवी अधिकारी र कञ्चनकृष्ण न्यौपानेसहितले दायर गरेका ६ वटा रिटको सुनुवाई आज तोकिएको हो ।