भक्तपुर साँगीतिक समाजद्दारा कोरोना सचेतना अनलाइन परामर्श सम्पन्न

0
0

भक्तपुर । भक्तपुर साँगीतिक समाजको आयोजनामा जुम मार्फत कोरोना सचेतना कार्याक्रम सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण विश्व आक्रान्त भई रहेको अवस्थामा भक्तपुर साँगीतिक समाजले अनलाइन मार्फत कोरोना सचेतना कार्यक्रम आयोजना गरेको हो ।
भक्तपुर साँगीतिक समाजले आयोजना गरेको उक्त कार्यक्रममा भक्तपुर अस्पतालका डक्टर सुनिल ढुंगेलले कोरोनाका विषयमा उठेका विभिन्न प्रश्नको उत्तर दिनुभएको थियो ।
कोरोनाका कारण आक्रान्त हुँदै मानिसले विभिन्न औषधीहरु आफै खाने गरेको तर यस्ता औषधीहरु प्रयोग गर्नु राम्रो नभएको डक्टर ढुंगेलले कार्यक्रममा बताउनुभएको थियो ।
उहाँका अनुसार कोरोना सामान्य अवस्थामा पनि सर्न सक्ने भएका कारण दिर्ग रोगीहरु लगाएत अन्यले पनि ख्याल गर्नु पर्ने तथो पोषण युक्त खानेकुरा खानु पर्ने बताउनुभएको थियो ।
कोरोनाको खोप लगाएपनि यो रोग लाग्न सक्ने भएकाले यस प्रति सचेत रहन समेत उहाँले आग्रह गर्नुभएको थियो ।
आत्म विश्वस र घरमा नै पाइने हाम्रा परम्परागत खानपान तथा पोषणको प्रयोग राम्रो सँग गर्दा यो जिवाणुले आक्रमण गरेपनि हामीले यो सँग लड्न सक्ने उहाँको धारणा थियो ।
विषेश गरी बजारमा पाउने विभिन्न स्यानिटाइजरहरु प्रयोगमा भन्दा सावुन पानीको प्रयोमा हामीले जोड दिनु पर्ने उहाँको भनाई थियो । यो जिवाणुले सँगै बजारमा पाउने स्यानिटाइजरले पनि हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्ने भएका कारण सावुन पानीको प्रयोग सबै भन्दा उक्तम उपाय हो । उहाँले भन्नुभयो ।

कोरोनाको तेस्रो लहर सँगै बालबालिकालाई यसले समाउन सक्ने खतरा भएका कारण यो वाट आफ्ना बालबालिकालाई जोगाउन सबै लाग्नु पर्ने डा ढुंगेलले बताउनुभएको थियो ।
उहाँले अनलाइनमार्फत विभिन्न ब्यक्तिहरुले गर्नुभएको प्रश्नको उत्तर एवं परामर्श दिनुभएको थियो । कार्यक्रममा भक्तपुर साङीतिक समाजका कोषाध्यक्ष तथा गायक रोशन धौभडेल द्वारा गायिएको कोरोना सम्बन्धि गीत सचेत रहौ बिशेष प्रशारण पनि गरिएको थियो ।


कार्यक्रमको अन्तमा सांगीतिक समाजका अध्यक्ष प्रविण शाहीले सबैमा धन्यवाद दिदै आगामी दिनमा पनि साँगीतिक क्षेत्रका साथ साथमा आफूहरु संस्था मार्फत विभिन्न काममा जुट्ने बताउनुभएको थियो । उहाँले हाल विश्व नै आक्रान्त भई रहेको अवस्थामा कोरोना सम्वन्धी उक्त परामर्शले केही भएपनि सहजता हुने भएकाले आफूहरुले उक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
भक्तपुर साङीतिक समाज का सचिब अल्बर्ट बज्राचार्य ले सबैको सहयोग तथा सहभागीता को लागि खुशी व्यक्त गर्दै कार्यक्रममा स्वागत मन्तव्य मन्तव्य गर्नुभएको थियो ।
कार्यक्रम लाई सफलता पुर्ब गायक तथा रेडियो प्रस्तोता कपिल कसपालले संचालन गर्नु भएको थियो भने कार्यक्रमको संयोजन मोर्डन बोर्डिङ स्कुल दधिकोटले गरेको थियो ।
कार्यक्रम लाई बिशेष सहयोग हाल अमेरिकामा रहनुभएका सुरज श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम को नमस्ते टिभी र संवाहक डटकमको फेसवुक पेजद्वारा प्रत्यक्ष प्रसारण गरेको थियो भने रेडियो मस्ती ८७.९ ले पनि प्रत्यक्ष प्रशारण गरेको थियो ।