पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी सूचना तथा सञ्चार मन्त्री

0
0

भक्तपुर । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुत्त भएकी छन् ।
बादल राष्ट्रय सभा सदस्यबाट पराजित भएपछि उनीलाई रिजाउन उनकी श्रीमतीलाई मन्त्री बनाईएको हल्ला चल्न थालेको छ ।
संविधानले नै बादललाई मन्त्री बन्न रोक लगाएपछि उनीको स्थानमा उनकी धर्म पत्नीलाई प्रधानमन्त्रीले उदारता देखाउँदै मन्त्री बनाएका हुन् ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले बिहीबार पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात उनी सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् ।