प्रदेशसभावाट निस्कासित ज्वालाकुमारी साह केन्द्रिय मन्त्री, को हुन् साह ?

0
0

भक्तपुर । आज भएको मन्त्री मण्डल विस्तारमा नेकपा माओवादीबाट प्रदेश नम्वर दुइमा प्रदेशसभाबाट निस्कासित भएकी ज्वालाकुमारी साह कृषि मन्त्री भएकी छन् ।

नेकपा विभाजन पछि माओवादी खेमा छोडेर नेकपा एमाले प्रवेश गरीकी ज्वालाकुमारीलाई नेकपा माओवादी केन्द्रले कारवाही गर्दै प्रदेश सभा सदस्यबाट निस्कासित गरेको थियो ।

माओवादी बाट नेकपा एमाले प्रवेश गरेकाहरुलाई मन्त्री बनाउने क्रममा उनीलाई चिठ्ठा परेको छ ।

माओवादी केन्द्रले कारवाही गरका अन्य ७ जनालाई मन्त्री पुन बनाउन नमिल्ने संविधानत भएका कारण उनीलाई प्रदेशबाट आफू बाहिरिन परेपनि केन्द्रिय मन्त्रीको चिठ्ठा परेको हो ।

उनलाई दुई महीनाअघि नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ सभा सदस्यबाट हटाएको थियो। नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन्।

उनी पार्टीमा नफर्किएपछि माओवादीले गत ३० चैतमा साहसँगै प्रदेश २ का चार जना सांसदलाई हटाएको थियो। माओवादीको सिफारिशमा प्रदेश सभा सचिवालयले सांसदहरू साह, रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर पदमुक्त भएको घोषणा गरेको थियो।

उनी बारा ३ ‘क’बाट ११ हजार ७७१ मत लिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनका प्रतिद्वन्द्वी रमानन्दप्रसाद यादवले १० हजार १४७ मत पाएका थिए।

बाराको सिमरा उपमहानगरपालिका-१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन्। उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्।

त्यस्तै, यसअघि २०६६ मा भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन्। २०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।