भक्तपुरका गायक रोशन द्यौभडेलको ‘मन दुख्यो’ सार्वजनिक (भिडियो सहित)

0
49

भक्तपुर । भक्तपुरका चिर परिचित गायक रोशन द्यौभडेलको नयाँ गीत सार्वजनिक भएको छ ।
गायक रोशन धौभडेलको म्युजिक भिडियो ‘मन दुख्यो’ वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुम मार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतका गीतकार भने हाल अमेरिकामा बस्दै आउनुभएका उज्वल बस्नेत हुनुहुन्छ भने गीतको अबधारणा एबं निर्देशन भने हाल अष्ट्रेलिया बस्दै आउनुभएका सुशिल चालिसेले गर्नुभएको हो ।
गीतको छायांकन एबं संपादनमा रिकी कर्माचार्यले गर्नुभएको हो ।
जुम मार्फत गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाले गायकि राम्रो भएको भन्नू हुँदै समाधान गर्न मिल्ने थोरै टेक्निकल कुराको समस्यालाई सुधार्न सुझाब दिनुभयो । थापाले कलेज पढदाको १७ १८ बर्षको उमेरमा नै २०१६ सालमा आफूभन्दा १५ बर्ष जेठा यादब खरेलहरु संगसंगै गीत रेकर्ड गरेको र आफूभन्दा १० १५ बर्ष जेठा हरिभक्त कटुवाल, कालिप्रसाद रिजालहरु भन्दा संयोग र भाग्यका कारण रेकर्डिङमा जेठा हुन पुगेको स्मरण गर्नु भयो ।

रिष्ठ साहित्यकार तथा प्राज्ञ ध्रुब मधुकर्मीले परिकल्पना राम्रो भएकोले धेरै दर्शक तान्न सक्ने भए तापनि गायकलाई शुरुदेखि अन्तसम्म गायकको रुपमा मात्रै नभएर कलाकारको रुपमा पनि देखाइएको भए अझै राम्रो हुने धारणा राख्नु हुँदै गीत राम्रो बनेकोमा बधाई दिनु भयो।

अर्का अतिथी वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेल आफू गीतकार भएको कारण शब्द कसरी शुरु भएको छ त्यस्मा आफूले बढी ध्यान दिने र यो गीतको शुरुवात ‘मन दुख्यो’ भित्रभित्रै, आँशु आँखाभरी असारको पानी होइन होइन साउने झरीु नै मन छुने खालको भएकोले गीतकारमा संभावना देखेको बताउँनु हुदै गायक रोशन धौभडेललाई जस्तो सुकै गीत दिंदा पनि गीत अनुसार न्याय गर्न सक्ने क्षमता राख्ने राम्रो संभावना भएको गायकको रुपमा प्रसंशा गर्नु हुँदै छांयाकार तथा सम्पादक रिकी कर्माचार्यको यस गीतमा काम हेर्दा भक्तपुरको राम्रो संभाबना बोकेका छायांकारको रुपमा भएको बताउनु भयो। ढुंगेलले ३० को दशकमा आफू रेडियो नेपालमा गिती कथाको लागि जादा अहिलेसम्म पनि चर्चामा रहेका राजेन्द्र थापाकै धेरै गीतहरु प्रयोग गरेको स्मरण गर्दै अहिले राजेन्द्र थापा भक्तपुरकै बासिन्दाको रुपमा हुनुहुन्छ त्यसैले उहाँको क्षमतालाई भक्तपुरले भरपुर सदुपयोग गर्न नसकेका कारण भक्तपुर सांगितिक समाज जस्ता सांगीतिक अभियानमा लागेको संस्थाले अबसर नचुकाओस भन्ने सुझाब समेत दिनु भयो ।

लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले आधुनिक प्रबिधिको सहारा लिएर लकडाउनको यो समयमा तीन फरक महादेशमा बसिरहेका गीतकार, गायक र निर्देशकले जे जसरी यो सांगितिक भिडियो ल्याए यो प्रसंशनिय काम भन्दै यस्ले अरु थप यस्तै र योभन्दा राम्रो काम गर्न उत्प्रेरित र अभिप्रेरित गरोस भनी शुभकामना दिनु भयो ।

कुनै समय निकै चर्चित सांगीतिक ब्याण्ड कन्दराका हस्ती लोकप्रिय गायक बिवेक श्रेष्ठ ६० को दशकको पुरानो गीतलाई सुहाँदो बाजाहरुको प्रयोग मार्फत न्याय दिएको र पुरानो गीत ल्याएर प्रसंशनिय काम गरेको बताउँदै रोशन धौभडेल राम्रो संभावना बोकेका गायक भनी प्रसंशा गर्नु भयो ।

एनआरएन ग्लोबलका प्रतिनिधि क्यानडा निवासी अभिमन्यु बस्नेतले जूम मार्फत भए पनि गीत संगीत उकास्ने कामलाई यो महामारीको बखतमा समेत निरन्तरता दिनु भएकोमा खुसी ब्यक्त गर्दै एनआरएन ले आबस्यक पर्दा सांगितिक क्षेत्रको बिकास र प्रबर्द्धनमा सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

मोर्डन बोर्डिङ एबं कलेजका प्रिन्सिपल अनिल कस्पालले यस्तो कोरोनाको जटिल समयमा गरिएको यस्तो काम साच्चै प्रसंशनिय भएको बताउनु भयो ।

भक्तपुर सांगितिक समाजका सचिब अलबर्ट बज्राचार्यले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार राजेन्द्र थापामा भएको अथाह ज्ञान र सीपको फाईदा भक्तपुरका संगीतकर्मीले लिन ढिला गर्न नहुने बिचार ब्यक्त गर्नु भयो।

यस भिडियोका निर्देशक सुशिल चालिसेद्धारा स्वागत मन्तब्य बाट शुरु गरिएको कार्यक्रम जुम मार्फत संचालनका लागि चैतन्य एकाडेमीले सहयोग गरेको थियो ।