ओसकारमा मनोनीत वृत्तचित्र ‘डु नट स्प्लीट’ लाई चीनले लगायो प्रतिबन्ध

0
24

बेइजिङ। संसारकै प्रतिष्ठित ओसकार अवार्डद्वारा मनोनीत एक वृत्तचित्रलाई चीनले प्रतिबन्ध लगाएको छ। हङकङमा लोकतन्त्रवादी समर्थक र चीन सरकार बीच भएको द्धन्द्धलाई समेटेको वृत्तचित्रलाई चीनले प्रतिबन्ध लगाएको हो।

नर्वेका वृत्तचित्रकार तथा पत्रकार एन्डर्स ह्यामरले हङकङमा लोकतन्त्रवादी समर्थकहरूको आन्दोलनलाई समेटेर डु नट स्प्लीट नामको  वृत्तचित्र निर्देशन गरी निर्माण गरेका थिए।

हङकङमा लोकतन्त्रवादी समर्थक र चीन सरकार बीच तनाव जारी रहेको बेला सन् २०१९ मा ह्यामर हङकङ गएर उक्त वृत्तचित्र खिचेका थिए। ह्यामरले सन् २०२० मा निर्देशन गरेको डु नट स्प्लीट नामको वृत्तचित्र ओसकार अवार्डले सर्वोकृष्ट छोटो वृत्तचित्रमा मनोनीत समेत गरेको थियो।

चीनले प्रतिबन्ध गरेर वृत्तचित्रको थप प्रचार प्रसार भएको निर्देशक ह्यामरले बताएको द गार्जिएनले लेखेको छ।