बिएम इँटा भट्टाको पोखरीमा डुवेर ताथलीमा बालकको मृत्यु

0
61

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सेतो बिएम इँटा भट्टाको पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछेको शव पोखरीमा भेटिएको हो ।

शुक्रबार बालक हराएको र खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोलीले खोजतलास गर्दा शनिबार बिहान करिब एक बजे मृतक बालक घर नजिकैको बिएम इँटा भट्टाको कम्पाउन्डको कृत्रिम पोखरीमा फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । प्रत्येक वर्ष इँटा भट्टामा इँटा बनाउन बनाइएको खुल्ला कृत्रिम पोखरीमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ ।

यो वर्ष कुनै पनि ईटा उद्योगले पोखरी बनाई ईट्टा नपारेको भएपनि पोहरको पोखरी हाल सम्म नपुर्दा यस्तो घटना भएको स्थानीयले बताए ।
असुरक्षित पोखरी तथा भट्टाको लापरवाहीले गर्दा वर्षैनी बालबालिकाले ज्यान गुमाउनु पर्ने स्थानीयको गुनासो रहेको छ ।