भक्तपुरमा १२ वर्षकी बालिका बलात्कार आरोपमा कमलबिनायकबाट एक पक्राउ

0
126

भक्तपुर । १२ वर्षकी बालिका जवरजस्ती करणी अभियोगमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । असार १३ गते आइतबारका दिन कोठामा कोही नभएको अवस्थामा बसन्त दमाईले १२ वर्षकी बालिका बलात्कार गरेका थिए ।
भक्तपुर नगरपालिका वडा नं ९ कमलबिनायक स्थित डेरा कोठामा बसिरहेको अवस्थामा जिल्ला दोलखा बैतेश्वर गाऊँपालिका वडा नं ४ स्थायी वतन भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं ९ चोखा बस्ने बर्ष ३२ को बसन्त दमाईले घरमा कोही नभएको मौका पारी पिडित बर्ष १२ की बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बालिकालाई बलात्कार भएको पिडित बालिकाकी आमाले आइतबार साँझ महानगरिय प्रहरी बृत्त जगातीमा उजुरी दिएकी थिइन ।
आमाको किटानी जायरीमा दमाइलाई पक्राउ गरी थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ । बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको तथा जवरजस्ती करणी मुद्दामा दमाइलाई कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।