दीलिप कुमार र नसिरुद्दिन शाह अस्पताल भर्ना

0
13

मुम्बई । बलिउडका अग्रज अभिनेताद्वय दीलिप कुमार र नसिरुद्दिन शाह यतिबेला अस्पतालमा उपचाररत छन् । यी दुवै अभिनेता श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त छन् । दुवैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अभिनेता नसिरुद्दिन शाह दुई दिनदेखि अस्पतालमा उपचाररत छन् । उनलाई निमोनिय भएको र अहिलेसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको पत्नी रत्ना पाठकले बताएकी छन् । पत्नीका अनुसार दुई दिनदेखि नसिरुद्दिनको स्वास्थ्यमा सुधार आएको छैन । निमोनियाले ग्रस्त भएका कारण स्वास्थ्यमा सुधार आउन केही दिन लाग्ने सुझाव रत्नालाई चिकित्सकले दिएका छन् ।

अर्का अभिनेता दीलिप कुमार पनि श्वासप्रश्वाससम्बन्धी समस्याले नै अस्पतालमा भर्ना भएका छन् । दीलिप कुमारलाई भने दमको समस्या रहेको छ । उनको स्वास्थ्यमा चाहिँ केही सुधार आएको चिकित्सकले बताएका छन् ।