मंगल ग्रहमा पानीका ठूला–ठूला दर्जनौं ताल !

0
38

काठमाडौं। मंगल ग्रहको दक्षिणी ध्रुवको मुनि वैज्ञानिकहरुले यसअघि सोचेभन्दा धेरै पानी हुन सक्ने बताएका छन् । यो रातो ग्रहको दक्षिणी ध्रुवको तल केही यस्तो वस्तु छ जो तलतिर गइरहेको छ । यसलाई वैज्ञानिकले अहिलेसम्म बुझ्न सकेका छैनन् । राडारको संकेतले भने यहाँ जलीय स्रोतको सम्भावना भएको जनाएको छ । युरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेस स्पेसक्राफ्ट र मार्स एड्भान्स राडारबाट प्राप्त तथ्यांकको विश्लेषणपछि वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन् ।

मार्स एक्सप्रेस स्पेसक्राफ्टको आंकडाअनुसार वैज्ञानिकहरुले मंगल ग्रहको दक्षिणी ध्रुवमा जमिनमुनि १९ किलोमिटर फराकिलो र १.६ किलोमिटर गहिरो तालको संकेत र प्रमाण पाएका छन् । यो ताल माथि सुख्खा र उबडखाबड सतहको धेरै तल छ । अब यही स्पेसक्राफ्टका वैज्ञानिकहरुले फेरि यो दावीको पुष्टिको सम्भावना जनाएका छन् ।

मार्स एक्सप्रेस स्पेसक्राफ्टमा जडित मार्स एड्भान्स राडार फर सबसरफेस एण्ड आयोनोसकोपिक साउन्डिङ (एमएआरएसआइएस) को डाटाबाट २०१८ मा भएको खोज सही भएको थाहा हुन्छ ।

वैज्ञानिकहरुका अनुसार त्यहाँ एउटा मात्र होइन दर्जनौं ताल छन् । यीमध्ये केही १० किलोमिटर फराकिला छन् । यस्ता करिब ३ तालको आकारको सही अनुमान गर्न सकिएको छ । एमएआरएसआइएसको डाटालाई यस वर्ष गहिरो रुपमा चाँच गर्दा यो कुरा सही भएको थाहा भयो । एरिजोना स्टेट युनिभर्सिटीका डक्टरोल शोधार्थी आदित्य खुल्लर र एमएआरएसआइएसका को–प्रिन्सिपल इन्भेस्टिगेटर तथा नासाका जेट प्रोपल्सन ल्याबोरेटोरीका वैज्ञानिक जेफरी प्लाउटले राडारका ४४ हजार तथ्यांकको हध्ययन गरेका हुन् । यी तथ्यांक पछिल्लो १५ वर्षमा जम्मा गरिएका थिए ।

आदित्य खुल्लर र जेफरी प्लाउटका अनुसार यो अवधिमा एमएआरएसआइएसले ४ अन्य ताल पत्ता लगाएको छ । यी एक अर्कासँग निकै टाढा छन् तर कैयौं अरु तालहरु पनि छन् जो एक अर्कासँग धेरै नजिक छन् । यो ठाउँ यति चिसो छ कि यहाँ तरल रुपमा पानी रहनै सक्दैन । यहाँ पानी जमेर बरफ बन्छ जस्तो कि हाम्रो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा पानी बरफ बनेको छ ।

आदित्य र जेफरीले एक बयानमा आफूहरुले राडारबाट थाहा भएको पानी तरल हो वा हिउँ हो भन्ने प्रस्ट छैन तर मंगल ग्रहको दक्षिणी ध्रुवमा दर्जनौं तालहरु भने छन् जो जमिनभित्र छन् ।

आदित्य र जेफरीका अनुसार अब उनीहरु यो पत्ता लगाउने प्रयासमा छन् कि राडारको संकेतले पानीतर्फ नै इशारा गरेको हो वा त्यहाँ अरु नै यस्तो केही चिज छ जसमा निश्चित समयको अन्तरालमा हलचल भइरहेको छ । आदित्यका अनुसार ज्वालामुखीय गतिविधि पनि यसको पछाडि ठूलो कारण हुन सक्छन् । पछिल्ला केही वर्षमा मंगल ग्हको दक्षिण ध्रुवमा ज्वालामुखीय गतिविधि भएका छैनन् । यदि यस्तो भएको भए गर्मीका कारण हिउँ पग्लिएर तरल रुपमा जमिनभित्र रहन्छ ।

आदित्य र जेफरीले अहिले मंगल ग्रहको दक्षिणी ध्रुवको तल दर्जनौं ताल भएको सम्भावना देखाएका छन् तर यो पानी तरल रुपमाछ वा जमेको हिउँको रुपमा छ भन्ने पुष्टि गर्न सकिरहेका छैनन् । यो रिसर्च रिपोर्ट आलै जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित भएको छ । गत वर्ष मात्र नासाका वैज्ञानिकहरुले मंगल ग्रहमा तीन तालहरु खोजेका थिए । यदि यो पानीको उपयोग गर्न सकियो भने भविष्यमा मंगल ग्रहमा गएर बस्न सकिने सम्भावना देखिएको छ ।