कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्ने प्रस्ताव सवै लिखित परिक्षा हुने

0
65

भक्तपुर । कोरोना महामारिका कारण स्थगित रहेको कक्षा १२ को परिक्षा आगामी साउन तेस्रो साता देखि गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको हो । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति मागेको जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

शतप्रतिशत लिखित परीक्षा

बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ ।

गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो । तर बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर पौडेलले भने ‘पोहोरको जस्तो हुँदैन । सबै लिखित परीक्षा लिन्छौं ।’
गत वर्षको आन्तरिक मूल्यांकनका कारण परिक्षा निस्पक्ष नभएको गुनासो आएपछि यो वर्ष बोर्डले पूर्णतया लिखित परिक्षा लिने भएको हो ।
लिखित परिक्षाको लागि मिति तय केहि दिनमा नै हुने बोर्डले जानकारी दिएको छ ।