नेपालका हिउँ चितुवाले कसरी शिकार गर्छन्, अनुसन्धान गर्न भक्तपुरमा फ्याकल्टी अनुसन्धान अनुदान प्राप्त

0
42

भक्तपुर । गौरीशंकर संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवाको खानासम्बन्धी खोज अनुसन्धान हुने भएको छ । त्यसका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरलाई फ्याकल्टी अनुसन्धान अनुदान प्राप्त भएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले आर्थिक वर्ष २०७७/७८ का लागि उक्त फ्याकल्टी अनुसन्धान अनुदान दिएको हो । कलेजका डाक्टर नारायणप्रसाद कोजूलाई ४ लाख बराबर राशीको अनुदान रकम आयोगले दिएको हो ।

प्रारम्भिक अनुमानअनुसार विश्वमा हिम चिुतवाको संख्या ७ हजारको हाराहारीमा छ । नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ

दुई वर्षअघि गौरिशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा पत्ता लगाउन सोध गरेका डा. कोजूलाई पुनः सोही क्षेत्रमा हिउँ चितुवाको आहारसम्बन्धी खोज अनुसन्धान गर्न आयोगले अनुदान दिएको हो । नेकमार्फत डा. कोजूले दुई वर्ष गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको आहारसम्बन्धी अनुसन्धान गर्नेछन् । ‘अब गौरीशंकर संरक्षण क्षेत्रमा रहेका हिउँ चितुवाको खाना अर्थात् उसले सिकार गर्ने जनावरको विविधता, त्यसको उपलब्धताका विषयमा दुई वर्ष काम गर्नेछु’ डा. कोजूले भने । डा. कोजूले सो क्षेत्रमा रहेका हिउँ चितुवाले कतिको आहार पाएका छन् ? त्यसको पनि अनुसन्धान गर्नेछन् । डा. कोजूको टिममा नेकका दुई जना मास्टर्सका विद्यार्थीसमेत सहभागी हुनेछन् ।

डा. कोजूकै टिमले डेढ वर्षअघि गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा रहेको पत्ता लगाएकोे थियो । ‘हामीले डेढ वर्षअघि त्यो ठाउँमा हिउँ चितुवा छ भन्ने पत्ता लगाएका थियौं, र यो पल्ट सोही ठाउँमा रहेका हिउँ चितुवाले खाने प्रजाति कुन–कुन रहेका छन् ? कुन–कुन सिजनमा कुन–कुन प्रजाति कति मात्रामा पाइन्छ ? भन्ने सोध अनुसन्धान गर्नेछौं,’ उनले भने ।
प्रारम्भिक अनुमानअनुसार विश्वमा हिम चिुतवाको संख्या ७ हजारको हाराहारीमा छ । नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

नेकका प्रिन्सिपल प्राडा. हरिकृष्ण श्रेष्ठले कलेजको शाख बढाउन यस्ता सोध र अनुसन्धान आवश्यक रहेको बताए । फ्याकल्टी अनुसन्धान अनुदानले कलेजलाई आर्थिकभन्दा पनि शैक्षिक फाइदा हुने उनले बताए ।