आज योगिनी एकादशी , यसरी गर्नुहोस पूजा यस्ता फल प्राप्त हुन्छ

0
57

भक्तपुर । योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ ।

यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ ।

भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो ।

धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ ।

यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।

दशमीको दिनबाटै जौ, गहुँ वा मुँगको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ ।

त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्तशुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ ।

यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि संकल्पपछि समापन हुन्छ ।

स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।

योगिनी एकादशी व्रतकथा

अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे ।

एकदिन हेममालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।

राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरुलाई हेममालीको खबर ल्याउन पठाए ।

समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेममालीलाई स्त्रीको वियोग अनि मृत्युलोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् ।

कुवेरको श्रापले हेममाली त्यसैबेला मृत्युलोकमा रोगी भएर आइपुग्छन् ।

शिवको भक्तिले गर्दा हेममालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्युलोकमा आएर हिमालय पर्वततर्पm सुस्तरी जान्छन् र एकजना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् ।

उनै ऋषिले हेममालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेममाली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् ।

यस व्रतकथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्त्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मयमा लेखिएको छ ।

असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आश नगरौँ ।