भुकम्पछिको पूननिर्माणमा अझै समस्या नै समस्या

0
99

भक्तपुर । भुकम्पपछिको पूननिर्माणमा समस्या नै समस्या भएको भुकम्पपिडितहरुले बताएका छन् । भुकम्प गएको छ वर्ष भइसकेको भएपनि अझैपनि विभिन्न समस्याका कारण भुकम्पपिडित अझै पिडित हुनु परेको उनीहरुको गुनासो रहेको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का कृष्ण त्यातलाई चलनचल्तीको बाटो निर्माणमा भएको समस्याका कारण आफूले अन्य किस्ता पाउन नसकेको गुनासो गरे ।
यस्तै सोही वडाका गिता पुरीको समस्या भने फरक छ । उनको भुकम्पले घर पूर्णतया सखाप भयो उनीसँग भुकम्पको रातो र सेतो कार्ड दुबै रहेको छ तर उनी एकल महिला भएका कारण अहिले सम्म पचास हजार रुपैंया अर्थात पहिलो किस्ता समेत पाउन नसकेको उनले हाल सम्म गुनासो गर्दै आएकी छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा आयोजित भुकम्पले भत्किएका घरहरुको पुर्ननिर्माणका अवस्था र आवास अधिकार सुरक्षामा विद्यमान निति , आगामी निती तथा योजनाहरु विषयक अन्तक्रिया कार्यक्रममा भुकम्प पछिको यतिका वर्ष सम्म पनि भुकम्प पिडितका विभिन्न समस्याहरुको समाधान हुन नसकेको गुनासो आएको हो ।
कृष्ण त्यात र गिता पुरीको जस्तै हुत्तबहादुर वि.कको पनि समस्या उस्तै रहेको उनले सुनाए । उनी भन्छन् उनले घर बनिसकेको तर अन्तिममा आएर निर्माण बैधानिकता नभएको भनेर तेश्रो किस्ता नै आफूले पाउन सकिन । मैले आससीसी नै गरेको भएपनि आफ्नो घरमा के के नमिलेको भन्दै दोस्रो किस्ता समेत आफूले पाउन नसकेको उनको गुनासो रहेको छ ।
यस्तै कल्पना गिरीको सम्स्या पनि उस्तै छ उनी सँग भुकम्प पछिको पुननिर्माण गर्न जमिन त छ तर उनलाई झन ठुलो समस्याले सताएको छ । उनको घर अगाडी बाटो छ पछाडी पहिरो । अगाडी नगरपाकिलाले तोकेको मापदण्ड छोड्दा पछाडी पहिरोको जोखिम छ । पहिरो बनाउन लाग्दा आफ्नो घर नै बनाउने पैसा हुन्न । कसरी मैले नक्सा पास गराइ जोखिममा घर बनाउनु नगरपाकिलाले जोखिम मूल्याङ्गकन नै नगरी पछाडी सार्दा नक्सा पास गरी दिन्छ रे अव म के गरौं । उनको गुनासो रहेको थियो ।
यस्तै गोमा थापाले रातो आफ्नो कार्ड हराएको कारणले सेवा लिन नसकेको गुनासो गरिन । साथै जानकी पुरीले घर बनाई सकेको तर दोश्रो किस्ता अझै सम्म आफूले पाउन नसकेको गुनासो गरिन । कार्यक्रममा भगबती शाक्य थापाले घर बनाउन भनि ईटा सबैथोक जोह गरियो । पुरानो घर भएको स्थानमा नै घर बनाउने तय भयो । तर जमिन आफ्नो निजी नभएको खुलेपछि आफूहरु छाँगाबाट खसेजस्तो भएको उनले सनाइन । घर भएको स्थानमा घर बनाउन दिन विभिन्न निकायले समन्वय गर्ने भनेपनि आफूहरुले भने हाल सम्म पनि बनाउन नपाएको उनले सुनाइन् ।
बृद्ध महिलालाइ बट्टै पुरीलेको समस्या भने अर्को रहेको छ । उनी भन्छीन मैले घर त बनाएँ तर अव कसरी यो घर बनाउन लागेको पैसा तिर्ने । सरकराले यस्तै बनाउनु पर्छ भनेर तोकी दिँदा र नगरपालिकाले नक्सा पास नगरी भुकम्प पछि पाउने तीन लाखका लागि आफू चुर्लुम्म ऋणमा डुबेको उनले सुनाईन । उनले आफू जस्तै अन्य धेरै गाउँबासी अरुको ऋणमा डुबेको सुनाईन । उनका अनुसार आधा भन्दा बढि घर अव ऋणका कारण बैंक तथा सहकारीका नामा छन् कसरी तिर्ने अव ऋण यहि समस्याले आफूलाई निद्रा सम्म नलाग्ने गरेको उनले सुनाईन ।

कार्यक्रममा वडा अध्यक्ष जयन्द्र खड्काले चाँगुनारायण वडा नं. ५ कानागरिकहरुको आवास अधिकारको संरक्षण लागि वडा नंं.५ कार्यालयबाट वडा अध्यक्ष बाट पुर्ण रुपमा आवश्यक सहयोग गरिरहेको तर सरकारी प्रकृया र मापदण्ड विपरित आफु पनि जान नसक्ने हुनाले बास्तविक भुकम्प पिडितले र पहिलो किस्ता लिई घर बनाउन नसक्नु भएकाहरुका लागि प्रकृयामा जान अनुरोध गरे ।
कार्यक्रममा इन्सेक भक्तपुर सहजकर्ता राजु मंग्रातिले भुकम्पबाट भत्किएकाघरहरुको मात्र नभई , नयां निर्माणमा देखिएका समस्याहरुलाई पनि वडा कार्यालय चासो हुने भएको हुदां र पुर्ननिर्माण र नयाँनिर्माणका समस्याहरुको समाधानकालागि सरोकारवालाहरुलाई सहजीकरण गर्न आग्रह गरेका थिए ।
कार्यक्रमको अध्यक्षता चाँगु नारायण नगरपालिकाका नगरस्तरिय मानब अधिकार समुहका संयोजक बच्चुराम न्यौपानेले गरेका थिए । भने कार्यक्रममा वडा प्राविधिक संतोषकुमार राउत , महिला समाजसेवी सुभद्रा काफ्ले, मानब अधिकार समुहका सदस्यहरु लगायत सघ सस्थाका नागरिकहरु ,स्थानिय समाजसेवीहरु र स्थानिय नागरीकहरुको सहभागिता रहेको थियो ।