कोरोना सँग उन्मुक्ती पाउन खाद्य अधिकार सुनिस्चित गर्नु पर्ने

0
55

सञ्जीब दुलाल
भक्तपुर । कोरोनासँग उन्मुक्ती पाउन हाम्रो वरपर भएका खाद्य सुरक्षा गर्दै लैजादा मात्र हामी सुरक्षित हुन सक्ने सरोकारबालाहरुले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सूर्यविनायक नगरपालिमा नगरस्तरिय मानब अधिकार समुहको संमन्वयमा कोभिड– १९ कोरोना भाइरसको कारणले कृषि तथा पशु विकास क्षेत्रमा पारेको प्रभाव र आगामी खाद्य सुरक्षाका निति तथा योजना विषयक खाद्य अधिकार सम्बन्धी सरोकारवाला बीच अन्तरकृया कार्यक्रममा उनीहरुले अव पनि हाम्रा खाद्य अधिकारको विषयमा नसोच्ने हो भने हामी झन पछि पर्ने बताएका हुन् ।
कोरोना महामारीका कारण हामी स्थानीयतर्फ नै फर्कन बाध्य बनाएका कारण अव हाम्रो खाद्य सुरक्षा हामीले नै नगर्ने हो भने जीवनयापनमा अझ गारो हुने उनीहरुको तर्क रहेको थियो ।
हामीले विगतका दिनमा खाँदै आएका विभिन्न तरकारी एवं अन्न हाल हामी उत्पादन गर्ने भन्दा पनि बजारबाट ल्याउने र आफ्नो बारी खेत बाँझो राख्ने परम्परा मौलाउँदै गएको यसका साथै स्थानीय विउ पनि नस्ट हुँदै गएको प्रति उनीहरुले दुःख ब्यक्ति गरेका थिए ।
छलफलमा यदी भोलीका दिनमा विदेशबाट विउ नआउने भएका खण्डमा हाम्रा खेतबारी बाँझो हुने अवस्था नआउला भन्न नसक्ने भन्दै यसका लागि हामीले समयमा नै सोच बनाउनु पर्ने सबैको आवाज रहेको थियो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेजले खाद्य अधिकारका साथै खाद्य सुरक्षा,कुषि तथा पशु विकासमा नपाको ध्यान केन्द्रित भएको बताएकी थिइन । उनले नगरपालिकाका कार्यक्रमहरु र आफ्ना नागरिकहरुको स्वास्थ्यमा सन्तुलन राख्नकोलागि महत्वपूर्ण भुमिका खेल्ने खाद्य बस्तुहरु स्वास्थ्य, गुणस्तरिय साथै प्रयाप्त मात्रामा उपलब्ध गराउने कार्यमा नगरपालिका सदैव प्रतिबद्धताका साथ लागि परेको बताएकी थिइन् । खाद्य सुरक्षाकोलागि बलियो कानुन बने पनि कार्यान्वयनको प्रकृया कमजोर रहको कारणले गर्दा अखाद्य बस्तुहरु विक्री वितरण रोक्न नसकेको स्वीकार्दै उनले नगरपालिकाले बजार अनुगम व्यवस्थापन समिति गठन गरि राष्ट्रिय उपभोक्ता हित समिति, जिल्ला प्रशासन कार्यालय साथ साथै सुरक्षा निकायहरु संग समन्वय गरि आवश्यकता अनुसार योजना बद्ध रुपमा बजार अनुगमन गरि बजारमा नापतौल, मुल्य सुची र खाद्यान्नको अन्तिम मिति चेक जाँच ,अखाद्य बस्तुहरुको जफत र गैरकानुनी रुपमा खाद्य सुरक्षालाई वेवास्ता गरि संचालनमा ल्याएका खाद्य वितरक व्यवसायहरुलाई अभिमुखिकरण गर्दै आएको समेत जानकारी दिइन । उनले अखाद्य बस्तु उत्पादन र वितरण गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत जनाएकी थिइन् ।
उनले हाल नगरपालिकामा कृषि तथा पशु शाखाले पर्याप्त सेवा प्रदान गर्न नसकेको सुईकार्दै जनशक्ती अभावका कारण यस्तो भएको बताएकी थिइन । उनले अहिलेको अवस्थमा कोरोनाबाट समेत उनमुक्ती पाउन खाद्य नै प्रमुख भएका कारण गुणस्तरिय माछा मासु, फलफुल, खाद्यान्न, तरकारी एवं दुग्ध पदार्थ लगाएतका बस्तु मात्र बजारमा विक्री गर्न सबैमा आग्रह गरेकी थिइन् ।
कार्यक्रममा सहभागि ऋषिकेश उपाध्यायले कृषक र व्यवसायहरुको मिलिमत्तोमा उपभोक्ताहरुलाई विरामी परेका पशु पन्छीहरुको समेत मासु विक्री वितरण भैरहेका ध्यानाकर्षण गराउदै मासु जन्य पशुको स्वास्थ्य जाँच गराउन माग गरेका थिए ।
यसका साथै सहभागिहरुले बजारमा अखाद्य बस्तुहरुको विक्री वितरण गर्ने व्यवसायहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने, विषादी जन्य कृषि उत्पादनमा रोक लगाउनु पर्ने, नपाद्धारा निरन्तर बजार अनुगमन तथा व्यवस्थापनमा जोड दिनु पर्ने, व्यवस्था भए अनुसार सेवा सुविधाहरुलाई आवश्यकताका आधारमा समान रुपमा कृषकहरुलाई उपलब्ध गरानु पर्ने, छाडा चैपायाहरुलाई व्यवस्थापनमा जोड दिनु पर्ने, सडक वा छाडा कुकुरहरुको नियन्त्रण तथा व्यवस्थापनमा ध्यान दिनु पर्ने, खाद्य सामाग्रीहरुको मूल्यसुची निर्धारणमा एकरुपता हुनुपर्ने, बजार अनुगमनलाई तिव्र बनाउनु पर्ने, पहुचवाला लाई मात्रा नभई बास्तविक किसान हरुलाई प्रोत्साहनका कार्यक्रमहरु ल्याउनु पर्ने आदीमा जोड दिएका (इन्सेक), भक्तपुरका सहजकर्ता राजु मंग्रातिले जानकारी दिए ।
कार्यक्रमका अध्यक्षता मानब अधिकार समुहका संयोजक कृष्ण न्यौपानले गरेका थिए भने कार्यक्रम सञ्चालन मानब अधिकार समुहका सदस्य इन्दिरा उपाध्यायले गरेकी थिइन् ।
खाद्य अधिकार सम्बन्धित सरोकारवालाहरुलाई सजग गराई गुुणस्तरिय खाद्यको लागि योजना निर्माण गर्ने र खाद्य संग सम्बन्धित निकायलाई जिम्मेवार बनाउनकालागि तथा नागरिकहरुको खाद्य सुरक्षाको लागि नेपाल सरकारले तोकिएको र व्यवस्था गरिएको सेवा सुविधाहरुमा , कृषि तथा पशु सम्बन्धि प्रदान गरिने सेवा सुविधाहरुमा सबै नागरिकहरुको समान पहुंच बृद्धि गराउनको लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।