भक्तपुरका प्रहरी उपरीक्षक श्रेष्ठलाई घरेलु तथा साना व्यवसायीको स्वागत

0
73

भक्तपुर । भक्तपुरका घरेलु तथा साना उद्यमी व्यवसायीले महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भई आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरेका छन् ।
भक्तपुर प्रहरी प्रमुख भएर आएका उनलाई जिल्लाका घरेलु तथा साना उद्यमी व्यवसायीहरुको तर्फबाट भक्तपुर घरेलु तथा साना उद्योग संघले स्वागत गरेको हो ।
उक्त अवसरमा प्रहरी उपरीक्षक श्रेष्ठले जिल्लामा क्रियाशील संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने सोच राखेको जानकारी दिए ।
उनले देश विकासको मुख्य आधार लघु घरेलु तथा साना उद्योग नै रहेकोमा आफू पनि जानकार रहेको बताए ।
त्यसैले आफू कार्यरत क्षेत्रमा सकेसम्म स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न पहल गर्ने उनले वचन दिए ।
प्रहरी उपरीक्षक श्रेष्ठले प्रहरी देखी कोही पनि डराउनुपर्ने र जनता प्रहरीबाट टाढा रहेकाले आफूले उक्त अवस्थामा सुधार ल्याउन प्रयत्न गर्ने बताए ।
संघका अध्यक्ष प्रेम खर्बुजाले कोरोना भाइरस महामारीका कारण अरु व्यवसाय केही समय सञ्चालन गर्न सरकारले अनुमति दिए पनि सौदर्यकला व्यवसायलाई अनुमति नदिँदा व्यवसायी मारमा परेको बताए ।
उनले जनस्वास्थ्य मापदण्ड पालना सौन्दर्यकला व्यवसायसमेत सञ्चालनमा ल्याउन आवश्यक भएको औंल्याए ।
संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले लघु घरेलु तथा साना उद्योगलाई हेर्ने सरकारको दृष्टिमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, महासंघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष रीता अवाल, संघको महिला उद्यमी समितिका सभापति देवका श्रेष्ठ तथा संघका सचिव श्यामसुन्दर श्रेष्ठलगायतले लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र सम्बद्र्धन गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने धारणा राखे ।