कांग्रेस महाधिवेशनको सरगर्मी को को छन् त भक्तपुरमा जिल्ला सभापतिका आकांक्षी

0
316

भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । अहिलेसम्म ७७ जिल्ला सभापतिका लागि तीन सय ८८ जनाले दाबी प्रस्तुत गरिसकेका छन् । यद्यपि, केन्द्रमा बन्ने समीकरण टुंगो लागिनसकेका कारण जिल्लामा कुन दाबेदार बलियो र कस्तो समीकरण बन्ने अझै अनिश्चित छ ।
यसै परिपेक्षमा भक्तपुरमा पनि महाधिवेशन लागेको छ । भक्तपुरमा पनि विभिन्न गुटबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु रहेका छन् ।
भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा पुनः दोहोरिन चाहेका छन् । उनी सभापति शेरबहादुर देउवानिकट हुन् ।
यस्तै सोही टिमबाट पूर्वसभापति गणेश चक्रधरको नामसमेत चर्चामा छ ।
उता देउवाइतर समूहबाट अष्टकुमार कवे, महेश श्रेष्ठ, विनोद कायस्थ र विदुरमानसिंह बस्नेत आकांक्षी रहेको खुल्न आएको छ ।

कवे १३औँ महाधिवेशनमा थापासँग पराजित थिए । उनी मध्यपुर थिमि नगरपालिकाको मेयरमा पनि पराजित भए ।

नेता कृष्णप्रसाद सिटौलानिकट श्रेष्ठ पूर्वसभापति हुन् । कायस्थ नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष भइसकेका नेता हुन् । उनी महामन्त्री डा. शशांक कोइरालानजिक छन् । बस्नेत भने जिपी कोइराला फाउन्डेसनका अध्यक्ष हुन् ।