कोरोना महामारीका कारण कुनै पनि वालवालिका शिक्षाबाट बञ्चित नहुन भनी योजना ल्याउन आवश्यक

0
34

राजेश दिदिया
भक्तपुर । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द भएपनि साना साना नानीहरु शिक्षाबाट बञ्चित नहुन भनी स्थानीय निकायहरुले योजना ल्याउन आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सूर्यविनायक नगरपालिका स्तरिय मानब अधिकार समुहको संमन्वयमा कोभिड– १९ कोरोना भाइरसको कारणले शिक्षामा पारेको प्रभाव र आगामी शैक्षिक निति तथा योजना विषयक शिक्षा अधिकार सम्बन्धी सरोकारवाला सँगको अन्तरक्रियामा सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् ।
विद्यालय सुचारु नभएका समयमा कसरी विद्यार्थीको सिकाईलाई निरन्तरता दिने भन्ने नै प्रमुख कुरा भएको र सो कुराको समाधानका लागि जनप्रतिनिधिहरु कम्वर कसेर लाग्नु पर्ने सरोकारवालाहरुले बताएका थिए ।
कार्यक्रममा कोरोना महामारीको तेस्रो लहर सँगै वालवालिका बढि प्रभावित हुन सक्ने बताउँदै आएको समयमा उनीहरुको पठन पाठनको व्यवस्था कसरी कुन प्रविधिमा मिलाउन सकिन्छ भन्ने प्रमुख समस्या रहेको र सो कुराको समाधानका लागि वृहत छलफलको आवश्यकता रहेको उनीहरुले बताए ।
अनलाइन कक्षा मात्र विकल्प नभएको सुइकार्दै उनीहरुले अव नयाँ विकल्पमा पनि जानु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शिक्षाका सरोकार वाल निकाय शिक्षक, अभिभावक र विद्यार्थीहरु साथै जनप्रतिनिधिहरुबीच अन्तरकृया भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला समन्वय समितिकी उप–प्रमुख सरिता कुँवरले अव शिक्षा र स्वास्थयको विषयमा नै स्थानीय निकायले प्रमुख जोडका साथ योजना बनाउनु पर्ने दिन आएको बताएकी थिइन ।
सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले जनप्रतिनिधि लगायत नपाका सम्पुर्ण टिम नै आफ्नो क्षेत्रको शैक्षिक स्तर उकास्नलाई नपालाई शैक्षिक गन्तव्य बनाउनकालागि कार्यदिशा तयार भैरहेको र स्थानिय कला सस्कृति, भेषभुषा, भाषा, परम्परा ,रिति रिवाज ,धार्मिक स्थल पर्यटकीय स्थल सम्पुर्णलाई समेटि स्थानिय पाठ्य पुुस्तक प्रकाशन गर्न लागेको जानकारी दिएकी थिइन ।
कार्यक्रमका मानब अधिकार समुहका संयोजक कृष्ण प्रसाद न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि अभिभावक ,शिक्षक लगायत जनप्रतिनिधिहरुले गम्भीर भएर लाग्नु पर्ने र आफ्ना बालबालिकाहरुलाई पनि सामुदायिक विद्यायलमा पढाउन शिक्षक तथा जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सुनपा वडा नम्वर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा लगाएतका बक्ताले राज्यले लगानी गरेको सामुदायिक बिद्यालयको स्तर उन्नति गर्नको लागि नागरीकहरु बाटै चासो हुनुपर्ने बताउदै कोभिडको बेला शिक्षामा मात्रै होइन ,स्वास्थ्य मै प्रतिकुल प्रभाव पारेको बेलामा सचेतना अपनाई शिक्षा लिन बाट बञ्चित नहोउन भनि योजना निर्माणको लागि जनप्रतिनिधिहरु कम्मर कसेर लागेको कुरा बताएका थिए ।
गुण्डुको भैरवी विद्यालयमा आयोजना भएको उक्त कार्यक्रममा शिक्षा अधिकार सम्बन्धी संबैधानिक व्यवस्था, विद्यमान शिक्षा निति र प्रावधान र सोको कार्यान्वयको अवस्थाबारे छलफल भएको थियो भने शिक्षा अधिकार सम्बन्धित सरोकारवालाहरुलाई सजग गराई गुुणस्तरिय शिक्षाको लागि योजना निर्माण गर्ने र शिक्षासंग सम्बन्धित निकायलाई जिम्मेवार बनाउनका लागि र विद्यार्थी र सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर बृद्धिको लागि नेपाल सरकारले तोकिएको र स्थानिय नपा, वडाले र विद्यालयले गरेको काम तथा गतिविधीहरुको बारेमा छलफल भएको थियो ।