भुकम्पको छ वर्ष पुरा तर पिडितको अवस्था उस्तै

0
37

मन्दिरा अधिकारी
भक्तपुर । भुकम्प गएको छ वर्ष पुरा हुँदा पनि भुकम्प पिडितका समस्या भने उस्तै भएको उनीहरुले समस्या उस्तै रहेको छ । सूर्यविनायक नगरपालिका वडा नम्वर ९ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अयोजना गरेको आवास अधिकार सम्बन्धी सरोकारवालाहरु विच अन्तरकृया कार्यक्रममा उनीहरुले भुकम्प गएको छ वर्ष पुरा हुँदा पनि आफूहरु विभिन्न समस्याका कारण आवास अधिकारबाट बञ्चीत भएको बताएका हुन् ।
भुकम्प पछि श्रृजित विभिन्न समस्याका कारण आफूहरु अझै अन्योलमा भएको उनीहरुको भनाई थियो । मानब अधिकार समुह सूर्यविनायक नगरपाकिलाको आयोजनामा भएको उक्त कार्यक्रममा भुकम्पले भत्किएका घरहरुको पुर्ननिर्माणका अवस्था र आवास अधिकार सुरक्षामा विद्यमान निति , आगामी निती तथा योजनाहरुका बारेमा छलफल भएको गरीएको थियो ।
स्थानिय नागरिकहरुको आवास अधिकारको संरक्षण लागि वडा नंंंं.९ कार्यालयमा सम्पन्न कार्यक्रममा स्थानिय समुदाय विशेष गरि भुकम्पले भत्किएका घरहरुको वर्तमान अवस्थाको बारेमा र पुर्ननिर्माणका समस्याहरु, जग्गा नक्सा सम्बन्धि समस्याहरु साथै पुर्ननिर्माणको म्याद थपिएको सम्बन्धमा छलफल भएको थियो ।
कार्यक्रममा विमा खड्काले पहिलो किस्ता लिएको तर जग्गा बाजेको दाजुभाईहरुको नाममा सयुक्तमा हुँदा आफूलाई हाल सम्म घर बनाउन कठिन भएको उनले सुनाईन । यस्तै अर्का सहभागिको अनुसार भुकम्पले पुरानो घर भत्केको र हाल आएर सो घर भएको घरको जग्गा निजी नभएको खुल्दा आफूहरु प्रभावित भएको उनले सुनाईन । उनका अनुसार जग्गा विगत ८० वर्ष देखि आफूहरुले घर बनाई नै बस्दै आएको भएपनि न उक्त जग्गा सरकारी भएको न आफ्नो कसको नाममा उक्त जग्गा भएको नै नखुल्दा र मानिस फेला नपर्दा आफूहरु समस्यामा परेको उनले बताईन ।
यस्तै सुनिता बयलकोटीको समस्या पनि उस्तै छ उनले नक्सा पास गरेर भुकम्प पहिले नै तयार गरेर घर बनाउन लागेका तर भुकम्प पछि सो नक्सा अनुसार घर बनाउन नमिल्ने भन्दै रोक्का हुँदा आफूलाई हाल सम्म निर्माण सम्पन्न लिन समस्या भएको उनले बताईन ।
भुकम्प पछिको पूननिर्माणका लागि सरकारले दिने तीन लाखका लागि जग्गा बैंकका राख्न आफ्नो जग्गा गुठीको हुँदा भएको समस्या धेरैको सुनिएको थियो । यस्तै एकै घरमा धेरै परिवार बस्दै आएको तर भुकम्प पछि जग्गा सानो तर नगरपालिकाको मपदण्डमा घर बनाउन नसकिने हुँदा पनि समस्या हुने लावग्राहीको संख्या उस्तै रहेको सहभागिले बताएका थिए ।
भुकम्प पिडितका कायै समस्याहरु वर्तमान अवस्थामा अझै पनि धेरै सख्यामा रहेको तर हुने खानेले, पैसा हुनेको सबै प्रकृया पुग्ने ,केही नहुनेको समस्या जहाँको त्यही , र कही पनि सुनुवाई नभएको कुरा सहभागिहरुले उठाएका थिए ।
सहभागिहरुले वडा कार्यालयले पनि भुकम्प पिडितको समस्याहरुलाई सम्बोधन गरी पुर्ननिर्माण सहयोग गर्नुपर्ने बताएका थिए । तर स्थानीय निकायले पनि आफूहरुलाई समन्वय गर्न र सहजिकरण गर्न पहल कदम नचालेको उनीहरुको आरोप रहेको थियो ।
कार्यक्रममा सरोकार वाला निकायहरुले भुकम्प पिडित हरुको पुर्नर्निमाणमा अझै पनि समस्या रहेको र समस्या भएकै कारण मापदण्ड बिपरित स्थानिय तह पनि अगाडी बढ्न नसकेको बताउदै राज्य सरकार बाटै नै निर्णय भएर राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणबाट नै निति तथा नियमहरु भुकम्प पिडितको पक्ष बनाउनु पर्ने वताएका थिए । उनीहरुले हाल सम्म जो विविध समस्याले घर बनाउन सकेका छैनन ।
उनीहरुका अनुसार हाल सम्म पनि निर्माण कार्य सम्म थालनी गर्न नसक्ने गरिव, दलित, निम्म आय भएका विभिन्न वर्गहरुलाई विभिन्न कार्यक्रम ल्याउँदै उनीहरुको आर्थिक अवस्था सुधार गर्दै उनीहरुको आवास अधिकार सुनिस्चित गर्न कसरी सकिन्छ भन्ने कार्यमा भुकम्प पुन निर्माण प्राधिकरण स्थनीय निकाय प्रदेश एवं संघिय सरकार लाग्नु पर्ने सहभागिको भनाई थियो ।