ईट्टा उद्योगका कारण भक्तपुरको खाद्य उत्पादनमा कमी सरोकारवाला

0
75

भक्तपुर । भक्तपरमा भएका ईट्टा उद्योगका कारण खाद्य उत्पादनमा कमी भएको सरोकारवालाहरुले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चाँगु नारायण नगरपालिमा मानब अधिकार समुहको संमन्वयमा कृषि , पशु खाद्य सुरक्षाका निति तथा योजना विषयक खाद्य अधिकार सम्बन्धी सरोकारवाला बीच अन्तरकृया कार्यक्रममा उनीहरुले ईट्टा उद्योगले ईट्टा पार्न प्रयोग गर्ने हजारौं रोपनी जमिनका कारण भक्तपुरको खाद्य उत्पादन कमी भएको बतएका हुन् ।
उनीहरुका अनुसार यो वर्ष उद्योग चलेन खेत भरी हिउँदे बाली लहलह भएक थिए तर विगतका वर्षमा भने पुरै फाँट भरी नै उद्योगले संचालन गर्दा खाद्य उत्पादमा कमी हुँदा वाहिरबाट ल्याउनुपर्ने बाध्यता भएको उनीहरुको भनाई थियो ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित महेन्द्रग्राम माविमा सुडालमा सम्पन्न उक्त कार्यक्रममा खाद्य अधिकारको विषयमा संबैधानिक व्यवस्था, विद्यमान खाद्य निति र प्रावधान र सोको कार्यान्वयको अवस्थाबारे छलफल भएको थियो ।
उक्त कार्यक्रममा सरोकारवालाहरुलाई सजग गराई गुुणस्तरिय खाद्यको लागि योजना निर्माण गर्ने र खाद्य संग सम्बन्धित निकायलाई जिम्मेवार बनाउनका लागि र नागरिकहरुको खाद्य सुरक्षाको लागि नेपाल सरकारले तोकिएको र व्यवस्था गरिएको सेवा सुविधाहरुमा , कृषि तथा पशु सम्बन्धि प्रदान गरिने सेवा सुविधाहरुमा सबै नागरिकहरुको समान पहुंच बृद्धि गराउनको लागि आयोजित भएको इन्सेकका राजु मगरातीले जानकारी दिए ।
नागरिकहरुको स्वास्थ्य राम्रो बनाउन गम्भीरताका साथ योजनाबद्ध रुपमा लागि परेको बताउदै खाद्य सुरक्षा,कुषि तथा पशु विकासमा नगरपाकिला लागि परेको चाँगुनारायण नगरपालिकाकी उपमेयर विना बास्तोलाले बताईन । उनका अनुसार नगरपालिकाका कार्यक्रमहरु र आफ्ना नागरिकहरुको स्वास्थ्यमा सन्तुलन राख्नको लागि महत्वपुर्ण भुमिका खेल्ने खाद्य बस्तुहरु स्वास्थ्य, गुणस्तरिय र प्रयाप्त मात्रामा उपलब्ध गराउने कार्यमा नगरपालिका सदैव प्रतिबद्धताका साथ लागि परेको छ । नगरपालिकामा ईट्टा उद्योगहरु धेरै भएका र सो कारणले पनि खाद्य उत्पादनमा समस्या भएको र किसानहरुलाई खेती योग्य जमिन ईट्टा व्यवसायीलाई दिई उनीहरु चाहीं किनेका खाद्य बस्तु खाने अनि मिसावट भयो भन्न सान्दर्भिक नभएको उनको भनाई थियो ।
कृषि र पशु विकासका कार्यहरु पहिला भन्दा बढी बजेट विमियोजित गरि कृषिलाई औजारिकरणम लैजादैं ,रसायनिक मल, पशु सेवा अन्र्तगतका कार्यक्रमका माध्यमबाट कसरी आधुनिक तवरबाट खेती संचालन गर्न सकिन्छ भनी नपा लागि परेको वडा अध्यक्ष परासर सापकोटाले बताए । उनका अनुसार आधुनिक खेती प्रणाली वेगर अव खाद्य सामग्रीको पूर्तिका लागि विकल्प नभएको बताउँदै उनले आधुनिक खेती प्रणालीका साथ साथै अर्गानिक खेतीमा सबै लाग्नु पर्नेमा जोड दिए ।