साउनमा किन व्रत बस्छन महिलाहरु यस्तो छ धर्मिक पक्ष

0
37

भक्तपुर । महिनाभरि नै शिवको पूजा हुने महिना साउन मात्र हो ।
भगवान् शिवको पूजा बाला चतुर्दशी, मंसिर संक्रान्ति, माघे संक्रान्ति, अक्षय तृतीयाजस्ता अवसरमा गरिन्छ । तथापी साउन महिनामा भने महिना भरी नै शिव भगवानको पुजा आराधना हुने गरेको छ ।
तैपनि विवाहितहरू श्रीमानको दीर्घायु, परिवारको सुख, शान्ति एवं प्रेमका निम्ति सोमबार व्रत बस्छन् भने अविवाहितहरू असल श्रीमान् पाउने उद्देश्यले । साउने सोमबार विद्याका लागि पनि शुभ हुन्छ । साउन महिनाको राशि कर्कटको मालिक चन्द्रमालाई मानिन्छ ।
चन्द्रमा भगवान् शिवको शिरमा बस्ने भएकाले, सोमबार व्रत बसी चन्द्रमालाई खुसी बनाउन सके मानसिक शान्ति तथा पारिवारिक सुख प्राप्त हुने विश्वास गरिन्छ ।
साउने सोमबारको व्रतले व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रिने विश्वास छ ।

व्रत बस्दा ध्यान पुर्याउन यस्तो गर्नुहोस
साउन महिनाभर फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ । व्रत बसेको छु भन्दैमा दिनभर आलस्य हुने गरी केही नखाई बस्दा भगवान् खुसी हुन्छन् भन्ने मान्यता त्याग्नुपर्छ । त्यसैले व्रत बसेका बेला पनि आफ्नो शरीरको आवश्यकता हेरेर आवश्यक खानेकुरा खानुपर्छ । स्वास्थ्यका दृष्टिकोणले हप्ताको एक दिन व्रत बस्नु शरीरका लागि फलदायी मानिन्छ । हरेक सोमबार व्रत बस्नु धार्मिक मात्र नभै प्राकृतिक एवं स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक हुन्छ ।
साउन महिनामा बढी वर्षा हुने, कीटाणुको संक्रमण हुने हुँदा माछामासु जस्तो चाँडै संक्रमित हुने खाद्यवस्तु नखाएकै बेस हुन्छ । यसैगरी धेरैले यो महिना शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् । यो सिजनमा कहिले प्रचण्ड गर्मी हुने त कहिले झरी पर्ने भएकाले भोकभोकै बसेर व्रत लिनु हानिकारक सावितहुन सक्छ । साउनमा सोमबारको व्रत चोखोनितो भएर बस्ने चलन छ ।