भक्तपुरमा सेवा कामनाकाे केन्द्रिय कार्यालय थालनी

0
0

भक्तपुर। भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मीद्वय सुनम सुब्बा  र विकाश घटुवाले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् ।

भक्तपुर नगरपालिकाको कमलविनायकमा सहकारीको केन्द्रीय कार्यालय स्थापना गरिएको बताइएको छ । बाग्मती प्रदेश सहकारी ऐन अन्तर्गत स्थापित सेवा कामनाको सेवा भक्तपुर ,काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको छ । पाँच करोड शेयर पुँजी रहेको उक्त संस्थामा दशकौं लामो समय देखि वित्तीय क्षेत्रमा कार्य गरी अनुभव प्राप्त सफल व्यक्तिहरु व्यवस्थापन तहमा रहेका छन् ।

समुदायमा छरिएर रहेको ससाना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकीकृत गर्दै सदस्यहरुलाई उचीत प्रतिफल दिन र संम्भावित व्यवसायिक क्षेत्रहरुको पहिचान गरि सदस्यहरुलाई सहभागी गराउँदै उपलब्ध श्रम, सीप परिचालन गरि स्वरोगारमुलक अभियान संगसंगै लैजाने यस संस्थाले प्रतिबद्धता राखेको छ ।

यस सेवा कामनाले निक्षेप योजनाहरुमा चल्ती बचत खाता, सेवा कामना श्रीमान(श्रीमती बचत , सेवा कामना उप(डाउन बचत, सुनौलो भविष्य बाल बचत ,महिला अवधि बचत, दैनिक अवधि बचत, सेवा कामना ज्येष्ठ नागरीक बचत, सेवा कामना अवधि बचत ,सेवा कामना आवधिक बचत र कर्जा तथा सापट योजना सेवाहरु प्रदान गरिने बताइएको छ । यस सेवाले विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर प्रदान गर्ने सस्थाले जानकारी गराएको छ ।