भक्तपुरका १८ प्रतिशतमा कोरोनाको खोप पुरा

0
23

भक्तपुरमा जोनसन एन्ड जोन्सनको खोप लगाईदै

भक्तपुर
भक्तपुर जिल्लाभर भोली साउन ४ गतेबाट दुइ दिन जोनसन एन्ड जोनसन कोभिड खोप लगाइने भएको छ ।

एक डोज मात्र लगाए पुग्ने उक्त खोप भक्तपुरका ५० देखि ५४ बर्ष समुहका पन्ध्र हजारलाई र खोप छुटेका स्वास्थ्यकर्मी , अपाँग अशक्त र सरसफाई कर्मचारी पन्ध्रहजार गरि ३० हजारलाइ खोप लगाउने तायरी गरिएको स्वास्थय कार्यालय भक्तपुरका खोप अधिकृत प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

भक्तपुरका ४ वटै नगरपालिकाका ४० खोप केन्द्रमा खोप लगाईने छ । भक्तपुरका ४ नगरपालिका मध्य भक्तपुर नगरपालिकाका दश स्थानमा, चाँगुनारायण नगरपालिकाका दश स्थान , सूर्यबिनायक नगरपालिकाका दश स्थानमा र मध्यपुर थिमि नगरपालिकाका ९ स्थनमा खोप केन्द्रको ब्यवस्था गरिएको खोप अधिकृत श्रेष्ठले बताए ।

उनले भने, हाल सम्म भक्तपुरमा १८ प्रतिशतले खोप लगाइ सकेको र सरकारको नितिअनुसार आगामी चैत सम्म ७२ प्रतिशतले खोप लगाइसक्ने छन् ।

भक्तपुरमा खोपका बारे माइक्रोब्यालेन्स प्रभावकारी भएका कारण र खोप केन्द्र अन्य स्थानमा भन्दा अधिक रहेकाले खोप लगाउनेको प्रतिशत राम्रो रहेको उनले बताए ।