साढे १९ करोडको चेकसहित मिटरब्याजी पक्राउ

0
68

भक्तपुर थिमीका प्रकाससँग चार करोडभन्दा बढिको चेक लिएर मिटर व्याज लगाउँदै ज्यान मार्ने धम्की दिने पक्राउ

काठमाडौं । चर्को मिटरब्याज अशुल गर्ने एक जनालाई विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौं महानगरपालिका–७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट पक्राउ गरको जनाएको छ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं –३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटरब्याज लगाएको प्रहरीले जनाएको छ।

प्रकाशबाट चार करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट चार करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा ब्यूरोले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।