५ लाख ३१ हजार सहित १२ जुवाडे पक्राउ

0
51

काठमाडौं । ५ लाख ३१ हजार पाँच सय सहित १२ जुवाडे पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–२१ भोटेवहालबाट १२ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शनिबार भोटेवहालस्थित राजकुमार नगरकोटीले कोठाभित्र जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेलिरहेका उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार ५ सय रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

पक्राउ गरेको उनीहरूको थप अनुसन्धान भइरहेको छ ।