नेपाली कांग्रेस चाँगुनारायण नगर सभापतिमा राजु पुरीको चर्चा

0
0

भक्तपुर ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशन नजिकिए सँगै वडा सभापति, नगर , प्रदेश, क्षेत्रिय एवं जिल्ला सभापति साथै केन्द्रमा को को जाने भन्ने चर्चा परिचर्चाले चल्ने गरेको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री सेरबहादुर देउबाले अधिबेशन एक दिन पनि नसर्ने बताई सकेका छन्। तर जिल्ला जिल्लामा केन्द्रीय प्रतिनीधीहरू नपठाउँदा जिल्ला जिल्लामा अधिबेशनको रौनकता छाउन सकेको छैन।

यसबाट भक्तपुर कांग्रेस पनि अछुतो छैन्। भक्तपुर कांग्रेसले अधिबेशनको तयारी तिब्र पारेपनि केन्द्रीय प्रतिनिधि नआउँदा आकांक्षा ब्यक्त गर्नेहरू अधिबेशन हुन्छ कि हुँदैन भन्ने अलमलमा छन्।
वडा वडामा क्रियाशिल भेला हुन थालेका छन् भने समूह ,समूहको गोप्य बैठक समेत हुन थालेका छन्। यस्तै नेपाली कांग्रेस चाँगुनारायण नगर कार्यसमितिले बैठक गरि अधिबेशनलाई अगाडि बढाउन थालिसकेको छ। नगर सभापतिका आकांक्षीहरू पनि खुलेर क्रियाशिल भेला गर्न थालेका छन्। चाँगुनारायण नगरबाट झण्डै ३२१ जना प्रतिनिधीहरू छानिनेछन्। हालका सभपाति शिबहरि केसि दोहोरयाउने पक्षमा छन्। सहसभापति यादब अधिकारी भने आफ्नो पक्षमा सहमति गराएर नगर सभापतिमा निर्बिरोध हुन चाहेका छन्। शिबहरि केसि निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर निकट हुन भने यादब अधिकारी बर्तमान सभापति दुर्लभ थापा निकट मानिन्छन्। थापा र चक्रधर देउवा निकटका भएकाले अधिकारी सहमति जुट्नेमा ढुक्क देखिन्छन्। अन्य आकांक्षीहरू पनि देखापरिरहेका छन्। सहमतिमा अधिबेशन सम्पन्न गर्न पनि त आकांक्षीहरू धेरै हुन जरुरी छ। राजु पुरी, सुरेस श्रेष्ठ, राजु कुईकेल,प्रेम खत्री,जनक खत्री,जगदिश्वर कार्की,सम्पूर्ण रोक्का लगायतले चाँगुनारायण नगर सभापतिमा आकांक्षा ब्यक्त गरेका छन्।
यी मध्य सम्पूर्ण पुरीको बढी चर्चा हुन थालेको छ। राजु पुरी यस अघि तरुण दल भक्तपुरको जिल्ला सचिव रही सकेका छन् ।
भक्तपुर काँग्रेस सुदृढ गर्न युवालाई नै अगाडी बढाउनु पर्छ भन्ने नाराका साथमा उनी लामो समय देखि लागी परेका छन् । गुटमा बिस्वास नगर्ने नेता पुरी गुटका कारण भाई भाई फुट हुँदा भक्तपुरमा काँग्रेसको हार भएको बताउँछन् ।
आफ्नो पहिलो लक्ष्य भनेको नै प्रदेस सभा सदस्य र नगर प्रमुख तथा सम्पूर्ण वडा जिताउन कसरी सकिन्छ भनी संगठन सुधार एवं विभिन्न चरणका कार्यक्रममा नै सिमित रहने हुँदा आफू नगर सभापतिको लागि योग्य भएको बताउँछन् उनी ।
अवको नेतृत्व भनेको युवाले नै गर्ने हो साइवर स्याल देखि वडा वडामा व्याप्त स्वच्छाचारीको अन्तका लागि युवा नेतृत्वको विकल्प नभएको उनी बताउँछन् ।