गुरूराज घिमिरेको मृत्युसँगको साक्षात्कार सार्वजनिक

0
67

भक्तपुर । नेपाली काँग्रेसका नेता एवं नेविसंघका पूर्व अध्यक्ष तथा साहित्यकार गुरूराज घिमिरेको मृत्युसँग साक्षात्कार सार्वजनिक गरिएको छ ।
घिमिरेको छैठौं प्रकाशन भक्तपुरमा भव्य कार्यक्रमका विच सार्वजनिक भएको हो ।
कविताका माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा योगदान दिदैं दिदै आउनु भएका गुरूका कवितामा देश झल्केका हुने गरेका छन् ।
घिमिरेको कवितासंग्रह उपसभापति रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौला, महामन्त्री शसांक कोइराला,शेखर कोइराला, लगायतका नेताहरूले लोकार्पण गर्नु भएको थियो ।
संग्रहमा ४० कविता समेटिएका छन् ।
उहाँका हाल सम्म प्रकाशित कृतिहरू
राजनीतिमा नैतिकता विचार संग्रह २०६९
बन्दी जीवनका अनुभुतिहरू २०७२ संस्मरण
लक्ष्य यात्रा र गन्तव्य विचार.संग्रह २०७३
प्रतिज्ञाको पहाड, २०७३ कविता संग्रह
मान्छेका कथाहरू २०७६ कथा संग्रह
मृत्यसंगको साक्षात्कार २०७७ कविता संग्रह
डाक्टरको पुनर्जन्म उपन्यास आउँदै गरेको कृति रहेक छन् ।