हामीलाई आममाफी मिलेछ,नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयोः माधव नेपाल

0
16

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले  राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ मडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छन्, उनीहरुलाई आममाफी दिइन्छ । हामी खुसी भयाै उनले भने ।

आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा  ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।

एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयाैं !’ ‘महाराजधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धती ? यसलाई कम्युनिस्ट पद्धती भनिन्छ ?’ नेता नेपालले थपे ।

नेता नेपालले ओेली प्रवृतिलाई पार्टी धरापमा गएको समेत आरोप लगाएका थिए ।