भक्तपुरको बेसबलटिम अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रि प्रतियोगितामा

0
268

नेपालले ११० अंक जोडे

भक्तपुर । भक्तपुरको जिल्ला कै एक मात्र बेसबल खेल सम्बन्धी क्लबले अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रि प्रतियोगितामा सहभागिता जनाएको छ ।
यो बर्षको अन्तिममा जापानको तमुरा शहरको फुकुसिमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको क्याचबल प्रतियोगिताको पुर्व तयारी स्वरूप आयोजन गरिएको क्याचबल क्लासिक प्रि प्रतियोगितामा नेपालको तर्फबाट भक्तपुर बेसबल तथा सफ्टबल क्लब  राईजिङ स्टार्सले सहभागिता जनाएको हो ।

कोरोनाको कहरका कारण प्रतियोगिता अनलाइन प्रविधिको माध्यमबाट गरिएको हो । जापनको प्रोफेस्नल बेसबल खेलाडीहरूको महासंघ, फुकुसिमा बेसबल परियोजना र फुकुसिमा केन्द्रीय टेलिभिजनको प्रायोजन रहेको उक्त प्रतियोगितामा भक्तपुर राईजिङ स्टार्सु बेसबल क्लबसहित जापान कै एक दर्जनबढि हाई(स्कुलका बेसबल खेलाडीको सहभागिता रहेको थियो । यस्तै चीन, अष्ट्रेलिया, न्युजिल्यान्डलगायत मुलुकका खेलाडीहरूको पनि सहभागिता रहेको थियो ।


प्रतियोगितामा नेपालले ११० अंक जोडेको थियो ।
भक्तपुरका खेलाडीले कुनै पनि उपाधि नपाए पनि उनीहरूले जोडेको अंक जापानबाहेकका मुलुकको तुलनामा धेरै हो । क्याचबल खेलको माध्यमबाट दुई देशका बेसबल खेलाडीबीच संस्कृति आदानप्रदान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडीका साथै १० बर्ष उमेर समूहमाथिका विद्यार्थीहरू समावेस गरिएको दुई टिमले सहभागिता जनाएका थिए ।


क्याचबल खेल बेसबलको ओर्जिन हो, जसमा ९ जना खेलाडी दुई भागमा विभाजन हुने छन् । एक भागमा ५ र अर्को भागमा ४ जना हुने छन् । दुई मिनेटको समयमा जुन टिमले धेरै क्याच खेल्न सक्छन् त्यो टिम विजयी हुने छन् ।
यो बर्षको अन्तिमा हुने मुख्य प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने आशा लिइएको छ ।
बसेबल तथा सफ्टबल क्लब  राईजिङ स्टार्स  बसबेल खेल सम्बन्धी भक्तपुर जिल्ला कै एक मात्र क्लब हो । खेल मैदानको अभावका बाबजुद यो क्लबले करिब ७ बर्षदेखि बेसबल खेलाडीहरू उत्पादन गर्दै आएको छ ।