भक्तपुरको नवदुर्गामा भित्रियो महिशासुर, अन्तिम बली उसैको

0
494

भक्तपुर । महिशासुरको प्रतिकको रुपमा लिईने खःम्हे अर्थात राँगो नवदुर्गा मन्दिरमा भित्रिएको छ । नवरात्रीको अवसरमा भक्तपुरमा खःम्हे अर्थात महिशासुरको प्रतिक राँगोलाई बली दिन नवदुर्गा मन्दिरमा खःम्हे भित्राईएको हो ।
नवरात्रीको अवसरमा भक्तपुरमा खःम्हे जात्रा भव्यताको साथ मनाउने गरिन्छ । खःम्हे भनेको राँगो हो र यो राँगो घण्टाकर्णको दिन देखि नै नवदुर्गा मन्दिरको ध्वछेंको उत्तर छिडिमा बाँधेर राखिने राक्षेसको प्रतिक जसलाई महिशासुर भन्ने गरिन्छ । तर यो वर्ष नवदुर्गामा भएको केहि विवादका कारण केहि दिन ढिला राँगो नवदुर्गा भित्रिएको हो ।
खःम्हेलाई नवदुर्गा मन्दिरमा लगिसके पछि यसको स्यार शुसारमा बनमाला जातीले गर्ने गर्दछन् । खमेको संरक्षणमा रहेका बनमालाहरुले दैनिक रुपमा राँगोको ज्यूमा शुद्र तोरीको तेल घसी जाँडको कट खुवाएर २ महिन पाल्ने गरिन्छ ।
विजाया दशमीका अवसरमा दत्यहरुको बली अर्थात अन्तिम बली देवीले दिने महिशासुरका रुपमा पनि यो राँगोलाई पाली बली दिइने गरिएको छ ।
नवरात्रीका दिन खमेलाई रक्सी खुवाई सकेपछि खमेलाई नवदुर्गा मन्दिरका पुजारीले बिधिवत रुपमा पुजा गरि ज्यु भरि फुस्रे शिन्दुर शरिर भरि घसेर लामो डोरिले बाँधि जत्रालुहरुले नवदुर्गा मन्दिर परिसरबाट तान्दै ब्रमहायणी मन्दिरको ब्रम ढुगाँमा बाधिने चलन रहिआएको छ ।
नवदुर्गा मन्दिरबाट खःम्हे निकाले पछि खःम्हे हेर्ने को र्घुँृईचो दत्रातय सुयमढि च्यामासिंह हुदै बमहायणी सम्म लाग्ने गर्दछ । सो खमेलाई बमहायणीको पुल नतारी खोलाबाटनै लानु पर्ने प्रचलन रहिआएको छ ।
नहमिका दिन नै रातमा पुजारीले मान्द्रेको घर बनाई त्यस भित्र मायाहुती यज्ञ गरेपछि मन्दिर वरपर जत्रालुलाई प्रवेश निषेध गरिन्छ । त्यस लगतै तलेजु मन्दिरको रकमी शाहीले खःम्हे चारै खुटामा डोरीले बाँधेर गर्धनको मुल नशा पक्ता लगाई बध गरि ब्रमहायणी लगाएत नवदुर्गा गणलाई रगत अर्पण गर्ने परमपरा रहेको छ । रगत अपर्ण पश्चात बाँकि रहेको रगतलाई ठुलो माटोको भाँडोमा जम्मा गरिन्छ जसलाई क्वाँचा भनिन्छ । यसरी रगत अर्पण पश्चात खःम्हेको छाला काडि मासुु सुकुटिका रुपमा जम्मा गरिन्छ भने सो खमेलाई बिहान सम्म ब्रमहायणीमा जत्रालुको दर्शनका लागि राखिने चलन रहिआएको छ । एक दम क्रुर तरिकाले बध गरिने खमेको टाउकोलाई जात्राको भोलिपल्ट दुई जनाले बोकेर भक्तपुर नगर परिक्रम गराई प्रर्दशन गर्ने प्रचलन रहि आएको छ ।
नवदुर्गामा खःम्हे चढाउनेका लागि मानिस लाम बस्ने गरेका छन् । यो वर्ष चढाइएको खःम्हेका लागि १५ वर्ष पहिला देखि लाममा रहेका लक्ष्मण छुजुले चढाएका हुन् । करिव १ लाख २० हजार बराबरको राँगोलाई खःम्हेका रुपमा उनले चढाएको छुजु बताउँछन् ।
नवदुर्गा मन्दिरमा चढाइने खमेका लागि २०८२ सम्म आफूले चढाउँछु भन्दै अहिले देखि नै बुकिङ गर्नेहरु रहेको नवदुर्गाका नाइके विजेश बनमालाले जानकारी दिए । उनका अनुसार विभिन्न आस्था एवं भाकलका रुपमा खःम्हे चढाउन आउनेहरु रहेका छन् ।
यदी कसैले खःम्हे चढाएन भने उक्त वर्ष जो नाईके हो उसले जसरी पनि खःम्हे किनेर चढाउनु पर्ने प्रचलन रही आएको छ । जो नवदुर्गा गणको नाइके हुन्छ उसले जसरी पनि खःम्हे जुटाउनु पर्ने बाध्यता रहेको छ चाय उसले घर नै विक्री गरेर वा अन्य केहि तरिकाले भएपनि नाइकेले नै खःम्हे भित्राउने प्रचलन रहेको छ ।