५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा

0
23

काठमाडौँ । ५ बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत
बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको  हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द  र
संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन । मेरिना बाबु
जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन
दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।

उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा
देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन ।

आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।