गोकर्णेश्वर नपामा आजदेखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने

0
31

काठमाडौं । गोकर्णेश्वर नपामा आज(मंगलवार)देखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन्
गोकर्णेश्वर नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि आजदेखि विद्यालय खुल्‍ने भएको हो ।
सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै विद्यालय संचालन हुन लागेको हो ।