भक्तपुर क्याम्पसमा नेविसंघ र अनेरास्ववियु बिच झडप

0
141

भक्तपुर । भक्तपुर बहुमखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु का विद्याथी विच झडप भएको छ ।
भक्तपुर क्याम्पसमा दुई विद्यार्थी संगठनका नेताहरु विच झडप भएको हो ।
भक्तपुर बहुमुखी क्याम्पसमा विएसी बीएस आइ टी तेस्रो सेमेस्टरमा अध्ययन रत विद्यार्थी एवं अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटि सदस्य लक्ष्मण भुसाललाई नेविसंघका केहि केटाहरुले हातपात गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटिले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
संगठनले घटनाको सम्वन्धमा अनुसन्धानको माग गर्दै दोशी माथी कडा भन्दा कडा कारवाहीको माग समेत राखेको छ ।