एकैदिन चौध सय जनाको आँखा परीक्षण , दुई सय नौ जनाको निःशुल्क शल्यक्रिया

0
19

रौतहट ।
सामाजिक अभियानको रुपमा अगाडि बढिरहेको खुडकिलो नेपालको आयोजनामा रौतहत जिल्लाको विभिन्न स्थानमा बृहत आँखा शिविरको आयोजना गरेको छ ।
खुडकिलो नेपाल, रौतहतको स्नात नगरपालिका र राजपुर नगरपालिकाको संयुक्त आयोजनामा निःशुुल्क आँखा शिविर आयोजना गरेको छ । उक्त आँखा शिविर स्नात नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहत्ता र राजपुर नगरपालिकाका नगरप्रमुख सकिल अब्टरले उद्घाटन गरेका थिए ।
स्थानीय समुदायलाई आ“खाको उपचार एवं शल्यक्रिया सुविधा सहित गरिएको आँखा शिविरमा महिला, पुरुष र बालबालिका गरी १ हजार ४ सय जनाले आँखा उपचार गरेको खुडकिलो नेपालका कार्यक्रम संयोजक दिनेश नाय्जुले जानकारी दिनुभयो ।


आँखा शिविरमा ३ वर्ष देखि ९० वर्ष सम्म व्यक्तिहरुले स्वास्थ्य उपचार गरेको उक्त शिविरमा २ सय ८ जनाको निःशुल्क शल्यक्रिया गरेको समाजसेवी लक्ष्मण जोशीले बताउनुभयो ।
सुदर्शन आई केयर नर्सिङ्ग होम अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञडा. हरिशचन्द्र झाःको नेतृत्वमा १२ जना डाक्टरहरु संलग्न रहेको उक्त आँखा शिविरमा २५ जना स्वयंसेवकहरु परिचालन गरिएको कार्यक्रम संयोजक नाय्जुले बताउनुभयो ।
शिविरमा उपचारमा आउनु भएका स्थानीयहरुलाई निःशुल्क औषधी एवं चस्मा वितरण गरिएको थियो ।
सेवा नै परम धर्म हो भन्ने मूल मन्त्रका साथ खुडकिलो नेपालले राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा डाक्टरहरुको सहयोग एवं स्थानीय सरकारको आयोजनामा गत भाद्र २ गतेदेखि ९ गते सम्म निःशुल्क आँखा शिविर संचालन गरेको खुडकिलो नेपालका अध्यक्ष तारा साम्पाङ्ग राईले जनाकारी दिनुभयो