विष्णु महर्जनले फिर्ता पाइन धितोमा राखेको २५ तोला सुन

0
52

ललितपुर ।  ललितपुर कुमारीपाटीमा शाखा कार्यालय रहेको महालक्ष्मी विकास बैंकमा एक ऋणीले धितोमा राखेको २५ तोला सुन फिर्ता गरेको छ ।
बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको थियो । बैंकले ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनलाई सुन फिर्ता दिएको हो ।

‘शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको थियो ।