संखुवासभामा अज्ञानता समूहद्धारा एकै परिवारका ६ जनाको हत्या

0
20

संखुवासभा । संखुवासभाको मादी गाउँपालिका–१, उम्लिङमा एकै परिवारका ६ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रवक्ता प्रहरी निरीक्षक इन्स्पेक्टर लालध्वज सुवेदीका अनुसार ९३ वर्षीया हजुरआमादेखि ४ वर्षका बालकसमेत मृत फेला परेका छन् ।

सडकदेखि ३ घण्टा पैदल हिँड्न पर्ने भएकाले जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदी अधिकारीसहित अनुसन्धान घटनास्थलतर्फ जाँदैछ ।

मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो ।

घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । अबको एक घण्टामा पुग्छौँ ।’

६ जनाको हत्या भएको उनले बताए । स्थानीय प्रहरीले नाका शिल गरेको र डिएसपी लालध्वज सुवेदीसहितको टोली जाँदै गरेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिएका छन् ।

मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय  तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया  रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकी छन् ।

घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको छ ।