कागेश्वरी मनोहराबाट प्रहरीमाथि अभद्र व्यवहार गर्ने ४ जना पक्राउ,एक फरार

0
17

काठमाण्डौ । ड्यूटीमा रहेका प्रहरीमाथी अभद्र व्यवहार गर्ने ४ जना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन् । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।

घटनामा संलग्न भई फरार रहेका कास्कीका २२ वर्षीय रविन थापा मगरको भने खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।