विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

0
6

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गनुभएको हो । नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गनुभएको हो ।

तीन वटा निर्वाचन लगातार जितेर १५ वर्षमा देश बनाउने विपी कोेईरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टी भित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उहाँको स्पष्ट पार्नु भयो ।

प्रवक्ता शर्माले एउटा निर्वाचन जित्ने अर्को निर्वाचन हार्ने निरन्तरको श्रृखंला काँग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागीदार काँग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्ने चाहेको पनि बताउनु भयो ।