अव पार्टी फुट्दैन पशुपति शमसेर , कमल थापा

0
64

राप्रपा भक्तपुर जिल्ला समायोजन सम्पन्न
भक्तपुर । राप्रपाका दुवै अध्यक्ष पशुपति शमशेर जबरा र कमल थापाले अव पार्टी नफुट्ने बताउनुभएको छ ।
राप्रपाको जिल्ला समायोजन कार्यक्रमलाई सम्बोध गर्दै भक्तपुरमा दुवै नेताले अव पाटी नफुट्ने बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोध गर्दै राप्रपाका अध्यक्ष पशुपति शमसेर जबराले हाल नेपालमा कम्युनिष्ट र काँग्रेसको विकल्प जनताले चाहेको बताउनुभएको थियो । उहाँले विगतका दिनमा ठूला दुई कम्युनिष्ट मिल्दा पनि बेइमानी र भ्रष्टाचारको जगमा राजनीति गर्दा हालको अवस्थामा देश पुगेको बताउँदै यिनिहरुको विकल्प राप्रपा मात्र हुन सक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार तीन वर्ष भन्दा बढि पूर्ण बहुमतको सरकारले देशमा के ल्यायो त भन्दा हात्ती आयो हात्ती आयो फुस्सा उल्टै महंगी भ्रष्टाचार अनी बेभिचार मात्र आएको उहाँले आरोप लगाउनुभयो ।
नेपालकै ठूलो दल भएको उक्त नेकपा हाल उल्टै तीन टुक्रामा विभाजनको संघारमा पुगे यसरी हेर्दा पनि नेपालका ठूला पार्टी अव काम नभएको उहाँको जिकिर थियो । उहाँले यसैमा थप्नुभयो अव ठूला भनिएका पार्टीबाट जनताले मुक्ती चाहेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै कमल थापाले एमसीसीको विषयमा कुरा गर्दै विदेशीको रणनीतिक स्वार्थको प्रतिस्पर्दाको थलो नेपाल भएको आरोप लगाउनुभयो । एमसीसीको विवाद नेपालीको हितमा भन्दा पनि विदेशी शक्तीको हितका लागि भएको उहाँको आरोप रहेको थियो । नेपालको राष्ट्रियता तथा देशको भविष्य नै यस्तो योजनाका कारण खतरामा पर्न सक्ने भन्दै उनले एमसीसी जस्ता धेरै राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गरिनु पर्ने उहाँको भनाई थियो ।
गणतन्त्र केहि सिमित नेताको पोल्टाको तुरुप भएको बताउँदै उहाँले माफियाहरु स्थानीय तह देखि सदन सम्म पस्दा एउटा वडामा चुनाव लड्न पनि २० औं लाख खर्च गर्नू पर्ने अवस्था आएको छ यो प्रजातन्त्र हैन यो विकृति हो थापाले बताउनुभयो ।
ठूला दलका केहि सिमित दलका नेताले संवैधानिक आयोगका प्रमुखहरुलाई नै खरिद गरी आफ्नो खल्तीमा हालेको आरोप उहाँको रहेको थियो । उहाँले राजनीतिक दल र नेतालाई बाटो देखाउने संवैधानिक आयोग, न्यायक निकाय, लोकसेवा आयोग ,निर्वाचन आयोग, अख्तियार आदी भनेका रेफ्रि भएको बताउँदै यीनलाई पनि आफ्नो पोल्टामा पार्दै भ्रष्टाचार लाई सिस्टाचार जस्तै बनाई रजाई गरी रहेको आरोप उहाँको थियो ।
यस्तै कार्यक्रममा जिल्ला अध्यक्ष रामशरण लामिछानेले एक महिना भित्रमा समायोजन पछिको जिल्ला अधिवेशन आफूले सम्पन्न गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरु रविन्द्र प्रताप शाह, योवती काकी , रामेश्वर थापा, रामहरी थापा, रमशुन्दर विष्ट, राजेन्द्र लाखा, नरगोविन्द शंखदेव, सानुकाजी हेक्का , मिन सुवेदी प्रेम बलायर, रविकृष्ण श्रेष्ठ, जमुना थापा, पूर्व मन्त्री विक्रम पाण्डे , विषेश निर्देशन समितिका बुद्दिमान तामाङ , पूर्व मन्त्री टंक ढकाल , निर्देशन समितिका दिनेश श्रेष्ठ, निर्वतमान अध्यक्ष माधब खत्री , युवक केन्द्रिय उपाध्यक्ष राजिव लामिछाने, किसान संगठनका उपाध्यक्ष राममणी न्यौपाने, जिल्ला अध्यक्ष रामशरण लामिछाने, सह अध्यक्ष श्याम नेपाल लगाएतका सहभागिहरुको उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रममा  पूर्व नेपाल आर्मीका जर्नल भरत वहादुर खड्का , नेकपा माओवादीका किसान संगठनका पूर्व अध्यक्ष नवराज दुलाल, नेकपा एमालेबाट  शिक्षक बद्रि भँडेल, समता पार्टीबाट कृष्ण राज शाही,दिनेस मगर र दिप गुरुङको नेतृत्वमा तीन सय जना युवा राप्रपा प्रवेश गरेका थिए । राप्रपा भक्तपुर नगरका अध्यक्ष बद्री लाखाको सक्रियतामा भक्तपुर नगरपालिकाबाट ५० जना राप्रपा प्रवेश गरेका थिए ।