नेपाल आर्मीका पूर्व जर्नल देखि एमाले माओवादीका नेता राप्रपामा

0
195

राप्रपामा तीन सय बढि युवा प्रवेश
भक्तपुर । नेपाल आर्मीका पूर्व जर्नल सहित विभिन्न पार्टीबाट तीन सय बढि युवा राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपा भक्तपुरको जिल्ला समायोजन कार्यक्रममा उनीहरु राप्रपा प्रवेश गरेका हुन् ।


राप्रपा प्रवेश गरेका युवा तथा विभिन्न पार्टीबाट आएका नेता साथै नेपाली सेनाका पूर्व जर्नललाई पार्टी अध्यक्ष दोय पशुपति शमसेर जवरा र कमल थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । उहाँहरुले उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै राप्रपाले हालको अवस्थामा कसैलाई पनि केहि गर्न नसकेपनि राष्ट्रियता र स्वाधिनताको पाठ भने सिकाउने जिकिर गर्नुभएको थियो ।


कार्यक्रममा नेपाल आर्मीका जर्नल भरत वहादुर खड्का , नेकपा माओवादीका किसान संगठनका पूर्व अध्यक्ष नवराज दुलाल, नेकपा एमालेबाट शिक्षक बद्रि भँडेल, समता पार्टीबाट कृष्ण राज शाही,दिनेस मगर र दिप गुरु ङको नेतृत्वमा तीन सय जना युवा राप्रपा प्रवेश गरेका थिए ।
राप्रपा भक्तपुर नगरका अध्यक्ष बद्री लाखाको सक्रियतामा भक्तपुर नगरपालिकाबाट ५० जना राप्रपा प्रवेश गरेका थिए ।