भक्तपुरकी पहिला महिला मन्त्री सरस्वतीलाई भक्तपुरमा स्वागत एवं बधाई

0
243

भक्तपुर । बागमती प्रदेशमा पर्यटन उद्योग वन तथा वातावरण मन्त्री हुनु भएकी सरस्वती बाटीलाई भक्तपुरमा स्वागत एवं सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ ।
भक्तपुरबाट पहिलो महिला मन्त्री हुन सफल हुनु भएकी बाटीलाई विभिन्न संघ संस्थाले सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेको छ ।
यसै क्रममा भक्तपुरमा उहाँलाई बधाई एवं शुभकामना प्रदान नेपाल खेलकुद महासंघले गरेको छ ।
यसका साथै उहाँलाई विभिन्न संघ संस्था एवं व्यक्तिले उहाँको घर सम्म नै पुगेर बधाई एवं शुभकामना प्रदान गर्ने कार्य जारी रहेको छ ।
बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा कसरी राजनीतिलाई अझ परिस्कृत गर्ने र खेलकुद लगाएत अन्य मार्फत कसरी सफल अनी योग्य कार्यकर्ता उत्पादनमा जोड दिने भन्ने उहाँको धारणा थियो ।