माधव नेपाल गद्दार हुन्, बामदेवलाई कुच्चोले बडार्नु पर्ने हावाले उडायोः कृष्णगोपाल ( भिडियो सहित)

0
43

भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले माधब नेपाल जस्तो गद्दार कोही पनि नभएको बताएका छन् ।
भक्तपुरबाट नै पहिलो महिला मन्त्री बन्नुभएकी सरस्वती बाटीलाई स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले माधव नेपाल जस्तो नेकपा एमालेको गद्दार अरु कोही नभएको बताएका हुन् ।
नेकपा एमालेलाई धोस्त, खरानी बनाउन विदेशी दलालहरुको साथमा लिएको सफतका कारण उनले पार्टी फुटाएको उनले बताए ।

राजनीतिक शव्दावलीमा आफ्नो पार्टीको विरुद्दमा विरोधी लाई सघाउनेलाई गद्दार भनिन्छ भनेर राजनीतिक शव्दावलीमा लेखिएको छ जस अनुसार पनि उनी गद्दार नै हुन् उनी सँगै जाने पनि गद्दार नै भएको उनले बताए ।
नेकपा एमालेलाई सक्काउनका लागि नै लागेकाहरु सलवलाउँदै दश वुँदे सहमती पनि गरे तर यो लागु भएन । आफ्नो सरकार बचाउन र पाटी बचाउन दश बुँदे सहमती पनि गरियो तर विदेशीको सामुन्ने गरिएको नेकपा एमाले फुटाउन लिएको सफतका कारण पार्टी फुटाइएको उनले बताए ।
पार्टी फुटाउन पनि विदेशी दलालहरुको पैसा खाएर नै पार्टी फुटाइएको हो उनले ठोकुवा गरे ।
उनले नेकपा एमालेका एक उपाध्यक्षले यो विभाजन पछि दिएको राजिनामा देख्दा अचम्म लागेको समेत उनले बताए । उनले एमालेको सबै तहबाट राजिनामा दिएका बामदेबले राष्ट्रिय सभाको भने किन राजिनामा नदिएको उनले बताए । उनले पैसा आउने पद भने नत्याग्नु र जनमत बाट हारेर आएपछि पाँच वर्ष पनि कुर्न नसकी विभिन्न षडयन्त्र र प्रपन्च गदै राष्ट्रिय सभाबाट आएकालाई पनि प्रधानमन्त्री बनाउनु पर्ने भन्ने माग राख्ने बामदेव पनि पार्टीका अर्का गद्दार भएको उनको ठम्याई थियो ।
कुबुद्दी र लोभिपापी चिन्तन भएकालाई पनि नेता मान्नु पर्ने राजिनामा दिएर गएछ कुुच्चोले बडार्नु पर्ने हवाले उडाएर लगेछ भन्दै बामदेव प्रति टिप्पणी गरे ।
मुल ढोकामा आएर ध्वाक्क रुन आउने होला यसरी आएमा हामी फेरी उद्दार दिलका पर्यो आँसु पुछदै भित्र लगेर आफ्नो खाट छोडेर बस भन्ने प्रवित्तीका यस्तो दिन नलाउन पनि भन्न नसकिने उनले बताए ।
उनले पार्टीलाई राजनीतिक संकट परेको समयमा विपक्षिले आक्रमण गरेको समयमा पार्टीलाई कसरी अगाडी बढाउने भन्दा राजिनामा दिएर बस्नु पनि अपराध नै हो यस्ता पनि गद्दार नै हुने उनको टिप्पणी थियो ।