विराट गुथिको ५४ औं साधारण सभा सम्पन्न

0
15

भक्तपुर । भक्तपुरको ऐतिहासिक संस्था विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको ५४ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा गुथिका सचिव पुष्पलाल तिमिलाद्वारा प्रस्तुतआ.व. २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन रआ.व. २०७८÷७९ को आगामी कार्यक्रम तथा कोषाध्यक्ष राम गोपाल चगुथिद्वारा प्रस्तुत आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गरिएको थियो ।
गुथिले आगामी कार्ययोजनाको रुपमा गुथिको भवन निर्माण गर्न बागमती प्रदेश सरकारबाट रू. १००००००।– सहयोग प्राप्तहुने जानकारी साधारण सभामा दिइएको थियो ।
गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको सभापतित्वमाभएको उक्तकार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुथिका पूर्व अध्यक्ष एवं संस्थापक सदस्य नरेन्द्र भक्त हाडाले गर्नुभएको थियो साथै कार्यक्रममा पूर्व अध्यक्ष एवं साहित्यकारहरु डा. योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, कृष्णभक्त बोडे र प्रदिप शाक्य लगाएतकाको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा पुर्णोत्तम श्रेष्ठ र उमा श्रेष्ठले गुथिको भवन निर्माण गर्न रू. २५०००।– आर्थिक सहयोग प्रदान गरेका थिए ।