सामूहिक खाना खाएर मिल डे मनाइयो

0
19

काठमाडौँ– नेपालमा शनिबार (१८ सेप्टेम्बर, २०२१) का दिन काठमाडौँको भूमि घरमा आत्मनिर्भर केन्द्रको आयोजनामा दि मिल डे मनाइयो । कार्यक्रममा खाना र दिगो खेतीपातीबारे छलफल भएको थियो । खेतीपाती र खानपानसम्बन्धी असल संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम महत्वपूर्ण भएको सहभागीहरूले बताएका थिए ।
दि मिल डे सन् १९९९ देखि हरेक सेप्टेम्बरको तेस्रो वा अन्तिम शनिवार विश्वभर मनाइँदै आएको एउटा विश्वव्यापी अभियान हो । यो अभियानमा मानिस जम्मा भई सामूहिकरूपमा अर्गानिक खाना खान्छन् । र, आफ्ना चासोका विषयमा छलफल गर्छन् । खाना खाएबापत आफ्नो इच्छाअनुरूप रकम सहयोग गर्छन् । यसरी उठेको रकम कुनै विपन्न व्यक्ति, समुदाय वा खास कामका लागि उपयोग गरिन्छ ।
कार्यक्रममा उठेको रकम धनुषास्थित धनौजी गाउँपालिकाअन्तर्गतको धनौजी गाउँका हरुवा÷चरुवा परिवारका बालिकाको शिक्षामा उपयोग गरिने जानकारी त्यस अवसरमा दिइयो । धनौजी गाउँका हरुवाचरुवा भूमिहीनता र चरमगरिबीको दुष्चक्रबेहोरिरहेका छन् ।
प्राकृतिक स्रोतको दिगो उपयोग, स्वस्थ एवम् पौष्टिक खाना, कृषकको पहिचान र सम्मानको विषयमा वकालत गर्ने यो अभियाननेपालमा आत्मनिर्भर केन्द्रले विगत ५ वर्षदेखिआयोजना गर्दै आएको छ ।