उत्तर कोरियाले परमाणु विस्तार गर्दै

0
15

प्योङयाङः उत्तर कोरियाले परमाणु सुविधा विस्तार गरिरहेको हालै सार्वजनिक स्याटेलाइट तस्बिरले देखाएको छ । मुख्य योङव्योन न्युक्लियर कम्प्लेक्सस्थित एक युरानियम प्लान्टमार्फत उत्तर कोरियाले परमाणु विस्तार गरिरहेको शनिबार खिचेको स्याटेलाइट तस्बिरले देखाएको हो ।

विज्ञहरुले सो प्लान्टमार्फत उत्तर कोरियाले तिब्र रुपमा परमाणु विस्तार र बमको लागि चाहिने सामग्री उत्पादन गरिरहेको बताएका छन् । मिडलब्युरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका अनुसार योङव्योनको प्लान्टमा युरानियममार्फत सुविधासम्पन्न परमाणु विस्तार गरिरहेको स्याटेलाइट तस्बिरले देखाएको छ ।

‘तस्बिर हेर्दा सुविधा सम्पन्न प्लान्टबाट उत्तर कोरियाले युरानियममिश्रित हातहतियार उत्पादनमा वृद्धि गर्ने योजना बुनेको देखिन्छ । हालसम्म २५ प्रतिशत परमाणु हतियार विस्तार गरेको देखिन्छ’ जेफ्री लुइस र अन्य दुई विज्ञले सो रिपोर्टमा भनेका छन् ।

उत्तर कोरियाले हालै आफ्नो पहिलो शक्तिशाली छेप्यास्त्र परीक्षण गरेको थियो । त्यसको केही दिनपछि उत्तर कोरिया र दक्षिण कोरियाले सँगै छेप्यास्त्र परीक्षण गरेको थियो ।