इरानका परमाणु वैज्ञानिकको हत्यामा एआई बन्दुक प्रयोग

0
35

तेहरानः इरानका परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको आर्टिफिसियल इन्टेलिजेन्स एआई जडित बन्दुकबाट हत्या गरिएको पुष्टि भएको छ ।

उनको एआई जडित बन्दुकमार्फत हत्या भएको हालै सार्वजनिक एक रिपोर्टले पुष्टि गरेको हो । परमाणु वैज्ञानिक मोहसेनको सन् २०२० नोभेम्बरमा हत्या गरिएको थियो । उनको हत्याको विषय पटकपटक विवादित बन्दै आएको थियो । उनको हत्याले परमाणुसम्बन्धी कार्यक्रममा बाधा पुर्‍याउँदै आएको बताइन्छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचारले उनको हत्या इजरायली गुप्तचर एजेन्सीको हात रहेको दाबी गरेको छ ।