टेस्ला तथा स्पेस एक्सको रकेटमार्फत अन्तरिक्ष पुगेका पर्यटक पृथ्वीमा फर्किए

0
15

फ्लोरिडाः अन्तरीक्ष भ्रमणमा गएका चार पर्यटकको टोली सकुशल पृथ्वीमा फर्किएको छ । पृथ्वीको कक्ष वरिपरी तीन दिने भ्रमणमा रहेको सो टोली शनिबार राति पृथ्वीमा आइपुगेका हुन् ।

पर्यटकको टोलीमा जेर्ड आइज्याकम्यान, सियान प्रोक्टर, हेले आर्सिनक्स र क्रिस सेमब्रोस्कीले स्थानीय समयअनुसार शनिबार करिब ७ बजे एटलान्टिक महासागरमा अवतरण गरेका थिए ।

‘स्पेस एक्स इन्स्पिरेसन ४’ नामक मिसनअन्तर्गत सो टोलीले बुधबार उडान भरेको थियो । सो टोलीले  विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा स्पेस एक्सका सिइओ एलन मस्कले निर्माण गरेको रकेटमार्फत सो टिमले पृथ्वीको कक्षमा भ्रमण गरेको थियो । पृथ्वीको कक्षको भ्रमणमा जाने सो टोली संसारकै पहिलो बनेको छ ।