महिला कर्मचारीलाई घरमै बस्न तालिबानको निर्देशन

0
11

काबुलः अफगानिस्तानमा तालिबान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ । तालिबानद्वारा गठित अफगानिस्तानको राजधानी काबुल सरकारले पुरुष कर्मचारी भएको कार्यालयमा आउनु नपर्ने भन्दै सो निर्देशन दिएको हो ।

काबुलका मेयरले आइतबार सो निर्णय लिएको बताउँदै भनेका छन्, ‘घरको पुरुषले महिलाको सट्टा कार्यालयमा उपस्थित हुन नसकेको खण्डमा मात्र महिलालाई काममा बोलाइने छ । हैन भने महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिइएको छ’ काबुलका मेयरले भनेका छन् । यसअघि तालिबानले महिला मन्त्रालय हटाएको थियो भने विद्यालय फर्किएका छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाएको थियो ।